‘मोेटिभेसनल’ कक्षा लिएर विश्व रेकर्ड राख्ने लक्ष्य

‘मोेटिभेसनल’ कक्षा लिएर विश्व रेकर्ड राख्ने लक्ष्य

जाजरकोट : गुल्मीका विकास शाह विद्यालयमा मोटिभेसन कक्षा लिएरै विश्व रेकर्ड राख्न चाहन्छन् । चार वर्ष अघि चितवनबाट थालेको उनको अभियान निरन्तर जारी छ । अहिलेसम्म उनले १ हजार ८ सय विद्यालयमा पुगेर हजारौ विद्यार्थीलाई जीवन परिवर्तन र सकारात्मक सोच विषयमा प्रशिक्षण गरिसकेका छन् ।

विद्यालय जान्छन आफ्नो अभियानको बारेमा प्रधानाध्यापकसँग कुरा गर्छन अनि अनुमति लिएर विद्यार्थीसँग साक्षात्कार हुन्छन् । उनको कक्षा लिन चाहने विद्यार्थीले दुई सय रुपैया शुल्क तिर्नुपर्छ । ‘मैले छोटो समयमा गरेको कुराकानीबाट प्रभावित भएर विद्यार्थी शुल्क तिरेर कक्षा लिन राजी हुन्छन’ उनले भने ‘सकारात्मक सोच, जीवन परिवर्तन र कसरी सफल हुने भन्ने विषयमा मेरो तीन घण्टाको कक्षा हुन्छ ।

सवै विद्यार्थी सन्तुष्ट भएर फर्कने गरेका छन् । बेकारमा पैसा खेर गयो कुनै पनि विद्यार्थीले अहिलेसम्म भनेको छैन ।’ अभियानको सिलसिलामा जाजरकोट पुगेका उनले बिहीबार त्रिभुवन माध्यामिक विद्यालय खलंगामा करिब डेढ सय विद्यार्थीलाई प्रशिक्षण दिए । उनको कक्षामा सहभागी विद्यार्थी सन्तुष्ट भएर सवैले प्रण गरे आजैदेखि म सक्छु र म गर्छु ।

७७ ओटै जिल्ला पुग्ने लक्ष्य लिएका उनले अहिलेसम्म १४ जिल्लाका विभिन्न विद्यालय पुगेर प्रशिक्षण गरिसकेका छन् । उनले १ हजार ८ सय बढी विद्यालयको लेटरप्याडमा कक्षा लिएको चिठी संकलन गरेर राखेका छन् । उनले तथ्य र प्रमाण जुटाएर मोटिभेसनल कक्षामा विश्व कृतिमानका लागि आफूले आवेदन दिने बताए ।

केही नयाँ काम गरेर विश्व रेकर्ड कायम गर्ने सोचेका शाहले नेपाली सेनाको जागिर छोडेर यस अभियानमा होमिएका हुन् । विभिन्न पुस्तकको अध्ययनका साथै जीवन परिवर्तन सम्बन्धी विभिन्न तालिम लिएका उनले आफूलाई मोटिभेसनल स्पीकरकोरुपमा चिनाउने गरेका छन् ।

आफुलाई कमजोर महसुस गर्ने, समयलाई चिन्न नसकेर भौतारिने र पढाईमा ध्यान नदिने विद्यार्थीका  लागि उनको कक्षा फलदायी रहेको त्रिभुवन माविका शिक्षक सत्यनारायण मण्डलको भनाइ छ । कक्षा लिए बापत विद्यार्थीले दिने रुपैयाँले खानेबस्ने खर्च धान्ने गरेका छन् ।

उनले भने ‘आजका विद्यार्थी  भविष्यका कर्णधार हुन् त्यसैले उनीहरुलाई सत्मार्गमा लगाउनु मेरो प्रमुख लक्ष्य हो ।’ उनले तथ्य र प्रमाण जुटाएर मोटिभेसनल कक्षामा विश्व कृतिमानका लागि आफूले आवेदन दिने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.