सडक विस्तारले ४५० घर भत्किने

सडक विस्तारले ४५० घर भत्किने

भद्रपुर : सडक विस्तारका क्रममा झापाको भद्रपुरस्थित प्रधानमन्त्री केपी ओलीको घर पनि भत्किने भएको छ । भद्रपुर नगरपालिका–१ पृथ्वीनगरस्थित यो घरमा प्रधानमन्त्री ओलीका बुवासहित भाइको परिवार बस्दै आएको छ ।

यो हुलाकी सडक ओलीको घर हुँदै तल केचनासम्म पुग्छ । सडक विस्तार गर्न सडक विभागले पटक–पटक स्थानीय बासिन्दाका घरजग्गामा डोजर चलाइसकेको जनाइएको छ । विभागको योजनाअनुसार नै सडक विस्तार भए भद्रपुर नगरपालिकाका ४ सय ५० घर भत्किने भएका छन् ।

‘पटक–पटक सडक बढाउँदै गर्दा हाम्रो घर पनि भत्काउनुपर्ने अवस्था आएको छ’, प्रधानमन्त्री ओलीका भाइ जेपीले भने । विभागले सडक विस्तारको काम सुरु गरेको जानकारी आफूले पाएको उनको भनाइ छ ।

नेपाल पुनर्वास कम्पनीमार्पmत २०३७ सालमा १२ मिटरको सडक सरकारले छुट्याएकामा अहिले सय फिटको बाटो बनिसकेको छ । विभागले ‘पुनः विस्तार हुनेछ’ नभनेको सुनाउँदै स्थानीय रोशन श्रेष्ठले भने, ‘हामी त सुकुम्बासी नै हुने भयौं ।’

उनका नाममा चार कट्ठा जग्गा छ । दुई दाजुभाइलाई अंशबन्डा गर्दा आफ्नो भागमा बाटोको घर परेको उनले सुनाए । ‘अहिले त्यही घर सडकले भत्काउन लागेको छ’, उनले भने ।

सडक विस्तारका लागि भद्रपुर नगरपालिकाभित्र दायाँ–बायाँ २० फिट जग्गा छाड्नुपर्ने जनाइएको छ । यसबाट वडा नम्बर १, २ र ३ का धेरै घर भत्किने भएका हुन् । विभागले चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुर नगरपालिका वडा नम्बर १, २ र ३ मा कायम रहेका जग्गामा थप २० फिट खाली गराउन लागेको हो । साबिकको पृथ्वीनगर गाविसमा पर्ने हुलाकी सडकलाई विस्तार गर्ने सरकारको तयारी छ ।

पाँच महिनाअघि रेखांकन भइसकेको स्थानीयको भनाइ छ । सुरुको १२ मिटर सडकलाई पछि आएर स्थानीयले १५÷१५ मिटरको बनाउन स्वतःस्फूर्त जग्गा दिएका थिए । अहिले दायाँ–बायाँ ६ मिटर थप जमिन खाली गरिनुपर्ने गरी बिनासूचना रेखांकन भएपछि स्थानीय आक्रोशित भएका छन् ।

पृथ्वीनगरकै हिमालीकी भूमिका खड्काले दुईतले घर बनाइसकेको पर्सिपल्ट विभागको टोली आएर ‘यो घर रहँदैन, तपाईंहरूले निर्माण कार्य यहीं रोक्नुहोस्’ भनेपछि चिन्तित भएको सुनाइन् ।

भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले संघीय तथा प्रदेशका सडकसम्बन्धी मापदण्ड पालना गर्न नगरपालिका बाध्य रहेको बताए । हुलाकी सडक परियोजना इटहरीका डिभिजन इन्जिनियर विजय महतोले सरकारले बनाएका सडकमा कहीं पनि क्षतिपूर्ति अथवा उचित मुआब्जा दिने नगरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.