रोल्पाबाट यार्सा टिप्न डोल्पा गएका मगरको घाँटी रेटी हत्या

रोल्पाबाट यार्सा टिप्न डोल्पा गएका मगरको घाँटी रेटी हत्या

दुनै,डोल्पा : डोल्पाको हिमाली यार्सापाटनमा एकजनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको आइतबार राति करिब ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

रोल्पाको उवा स्थायी घर भएका मगर हरेक वर्ष यार्सागुम्बा टिप्न डोल्पाको पाटनमा आउने गरेका थिए । आइतबार राति उनी बस्ने गरेको अस्थायी पालमा मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिप्रसाद शर्माले जानकारी दिएका छन् । 

मृतक मगरको साथमा ७५ हजार नगद रहेकाले पैसाकै लागि हत्या भएकाे हुन सक्ने डीएसपी शर्माले बताए ।  घटनास्थलमा सञ्चारको सुविधा नभएका कारण राति १ बजे धोमा प्रहरी चौकी जानकारी आए लगतै सईको कमाण्डमा प्रहरी घटनास्थलमा खटिएको डीएसपी शर्माको जनाएका छन् ।

आइतबार बिहानै सदरमुकाम दुनैबाट इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट उक्त घटना स्थल सम्म पुग्न ३ दिन लाग्ने भएकोले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने शर्माले बताए । प्रहरी चौकी धोमाबाट घटना घटेको लेखसम्म जान ४ घण्टा भन्दा धेरै लाग्ने स्थानीयहरु बताउँछन । भौगोलिक बिकटता र घटना घटेको स्थान निकै जोखिम भएको कारण मृतकको शव ल्याउनसमेत कठिन हुने देखिन्छ ।     

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइसकेको प्रहरीको भनाइ छ। मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव बुझ्नका लागि जानसमेत कठीन भएको भनी  मृतककी श्रीमतीले जानकारी गराएको बताइएको छ । प्रहरीका अनुसार मुस्ताङमा रहेका मृतक पुन मगरका छोरा घटनास्थलतर्फ आउँदै गरेका छन् । शवलाई पोष्मार्टमका लागि जिल्ला सदरमुकाम ल्याउनको लागि कम्तिमा पनि एकसाता लाग्नेप्रहरीले जनाएको छ ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.