टोलटोलमा प्रहरी अभियान

टोलटोलमा प्रहरी अभियान

जाजरकोट : नेपाल प्रहरीले जाजरकोटका टोलटोलमा सामुदायिक प्रहरी अभियान सञ्चालन गरेको छ । समुदाय र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयको देशव्यापी कार्यक्रमअनुसार टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

गाउँगाउँमा प्रहरी अभियान अवधिमा जिल्लाका विभिन्न ठाउँ सडक तथा ट्राफिक नियम पालना, वातावरण संरक्षण, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, धुम्रपान र मद्यपान, सामाजिक अपराध, साइबर अपराध, बालविवाह, छाउपडी प्रथा, बाढीपहिरो, आगलागी तथा अपराध रोकथाममा केन्द्रित रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनले भने, ‘अभियान टोलटोल र विद्यालयकेन्द्रित हुनेछ । यस कार्यमा स्थानीयको सहयोग लिइनेछ ।

त्यस्तै प्रहरीले जिल्लाका सातै स्थानीय सरकारको सहयोग र समन्वयमा अभियान अघि बढाउने जनाएको छ । स्थानीय तहमा रहेका न्यायिक समितिहरू, आमा समूह, युवा र विद्यार्थीलाई प्रहरीको यस अभियानमा सरिक गराउने कार्यक्रम रहेको छ । ‘युवाहरूलाई कुलतमा लाग्न नदिन र आपराधिक गतिविधि रोक्ने यस अभियानको मुख्य उद्देश्य हो । त्यसका साथै सामाजिक विकृति र विसंगति हटाउन पनि प्रहरी सक्रिय रहनेछ’, डीएसपी सिंहले भने ।

अभियानकै अवधिमा घटित घटना तथा अपराध अनुसन्धानमा सहयोग, घटनास्थल सुरक्षा र आकस्मिक सहयोग समन्वय र उद्धार, फरार अपराधी तथा आपराधिक व्यक्तिहरू र उनीहरूको बासस्थान पहिचान, पीडितहरूको संरक्षण, उद्धार र सहयोग, साक्षीहरूको वास्तविक अवस्थाको जानकारी, समन्वय संरक्षण, दुर्घटना तथा प्रकोप उद्धार व्यवस्थापनमा केन्द्रित रहने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.