क्रोएसियासँगको हारपछि अर्जेन्टिनी प्रशिक्षकले के भने ?
क्रोएसियासँगको हारमा म आंशिक रूपमा होइन, पूर्ण रूपमा जिम्मेवार छु । गोलरक्षक काबाल्लेरोमाथि दोष थोपरेर हामी जोगिने ठाउँ छैन । हारको जिम्मेवारी हामी सबैले लिनै पर्छ । मैले सबै कुराको छुट्टाछुट्टै योजना बनाएको भए त्यसले भिन्दाभिन्दै रूपमा काम गर्न सक्दथ्यो ।
मैले इमानदारीपूर्वक यो सोचेँ कि, पक्कै पनि प्रतिद्वन्द्वीविरुद्ध हाम्रो टोलीले दबाब बनाउँछ । तर, पहिलो गोल खाएपछि हामी निकै तनावमा आयौं ।
अनावश्यक तनावमा आएपछि खेलमा फर्किन सकेनौं । हाम्रो टोलीको चालक (मुख्य हतियार) लियोनल मेसी हो तर, मेसीसम्म कसैले पनि बल पुर्याउनै सकेन । हाम्रो टिम वर्कलाई क्रोएसियाले पूर्ण रूपमा विफल बनाइदियो र हामीमाथि हाबी पनि भयो ।
प्रतिक्रिया दिनुहोस !