नेपालगञ्जमा साइकल दौड
नेपालगञ्ज : नेपालगञ्जमा प्रथम मेयर कप साइकल दौड प्रतियोगिता २०७५ भव्य रूपमा सम्पन्न भएको छ । उपमहानगरपालिकाको आयोजना र नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको संयोजनमा भएको प्रतियोगितामा १७५ जनाले सहभागिता जनाएका छ्न् ।
प्रतियोगिताको ३७ किमी दुरीको माउन्टेन बाइक प्रतिस्पर्धामा बिमलेशकुमार यादव प्रथम भएका छन् भने सन्जय सोनकर दोश्रो र दिपक मल्ल तेस्रो भए । उक्त दौड प्रतियोगितामा महिला २ मात्र सहभागिता रहेकोमा साया थापाले मात्र ३७ किमीको दुरी पार गरेकी छन् ।
अप्रतियोगी मोटिभेसनल साइक्लिस्ट भरत शाहले प्रथम भएका प्रतियोगी भन्दा २ मिनेटअघि ३७ किमिको पारे गरेका थिए । २० किमी दुरीको महिलातर्फको प्रतियोगितामा पार्वती सार्की प्रथम, टीका खड्का द्धितिय, ममता गुप्ता तृतिय भएका छन् भने पुरुषतर्फ मनोजकुमार धोबी प्रथम, जंगबहादुर थारु द्धितिय र सतिस थारु तृतिय भएका छन् ।
अपांगको ट्राइसाइकल प्रतियोगिताको ६ किमी दुरीको प्रतिस्पर्धामा यमबहादुर खत्री प्रथम , तेजबहादुर राना द्धितिय र चन्द्रबहादुर कामी तृतिय भएका छन् । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज महानगरपालिका मेयर डा.धवलशम्शेर राणा, बाँकेका प्रजिअ रमेश केसी, उपमेयर उमा थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकद्वय फणिन्द्रराज पौडेल, शैलेन्द्र भण्डारी, नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशर आले लगायतले गरेका थिए ।