भारतीय विद्यार्थीको रोजाइमा नेपाली विद्यालय

भारतीय विद्यार्थीको रोजाइमा नेपाली विद्यालय

परासी : पश्चिम नवलपरासीका निजी विद्यालयहरू भारतीय विद्यार्थीहरूको रोजाइमा पर्ने गरेका छन्। जसका कारण सदरमुकाम परासीसहित सीमा क्षेत्रका निजी विद्यालयहरूमा भारतीय विद्यार्थीको चाप बढ्न थालेको छ।

भारतीय विद्यालयभन्दा नेपालमा राम्रो पढाइ हुने भएकाले अभिभावको रोजाइमा नेपाली विद्यालय पर्ने गरेका हुन्। भारतीय अभिभावकहरूले अंग्रेजी माध्यमसँगै अन्य विषयको पठन पाठन गुणस्तरीय हुने भएको भन्दै निजी विद्यालयमा बालबालिकाहरू पठाउने गरेका छन्।

सरकारी विद्यालयमा राम्रो पढाइ हुने गरे पनि भर्नाका लागि जन्मदर्ता वा अन्य प्रमाण आवश्यक हुने भएकाले भारतीय अभिभावकहरूले निजी विद्यालयमा बालबालिकाहरूलाई भर्ना गर्ने गरेका छन्। जिल्लाको त्रिवेणी, भुजहवा, महेशपुर, गेर्मीलगायत निजी विद्यालयमा भारतीय विद्यार्थीहरू अध्ययनका लागि आउने गर्छन्। त्यसबाहेक सदरमुकाम परासीका विद्यालयहरूमा पनि भारतीय विद्यार्थीहरू अध्ययनका लागि जाने गरेका छन्।

विद्यार्थीहरूको चाप बढेपछि विद्यालयहरूले सवारीसाधनको व्यवस्था मिलाएर आवतजावतको व्यवस्था गरेका छन्। उनीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनबाट विद्यार्थीहरूलाई ओसारपसार गर्ने गरेका छन्।

भारतीय बजार ठूठीबारीका अभिभावक दुर्गाप्रसाद गुप्ताले नेपालमा राम्रो पढाइ हुने भएकाले छोराछोरीलाई महेशपुरस्थित निजी विद्यालयमा भर्ना गरेको बताए। उनले सीमावर्ती भारतीय क्षेत्र (ठूठीबारी) वरपरका क्षेत्रमा रहेका विद्यालयमा अंग्रेजी माध्यमको पढाइ राम्रो नभएको र अन्य विषयको पढाइसमेत गुणस्तरीय नभएकाले नेपालमा पठाउने गरेको बताए।


केही विद्यार्थी उच्च शिक्षाका लागि पनि नेपालका कलेज आउने गरेका छन्।

पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरस्थित मुनलाइट अंग्रजी स्कुलमा ९० जना भारतीय विद्यार्थीहरू अध्ययनरत रहेका विद्यालय संस्थापक रवीन्द्र शर्माले जानकारी दिए। सबै विद्यार्थीलाई सरकारले निजी विद्यालयमा लागू गरेको पाठ्यक्रमअनुसार नै अध्यापन गराउने गरिएको उनको भनाइ छ।

यस्तै सयपत्री माविका प्राचार्य रामप्रसाद पाण्डेले नेपालसँग सीमा जोडिएका भारतीय विद्यालयको गुणस्तर राम्रो नभएका कारण अभिभावकका लागि नेपाली विद्यालय रोजाइमा पर्ने गरेको बताउँछन्। केही विद्यार्थी उच्च शिक्षाका लागि पनि नेपाली कलेज आउने गरेका छन्।

परासीस्थित लिटिल एन्जल्स माविका प्राचार्य सुमनगोपाल आचार्यले भारतीय विद्यार्थीहरू अध्ययनका लागि आउने गरेको बताए। ‘केही वर्षपहिले एक सय बढी भारतीय विद्यार्थीहरू थिए, विगतमा हुने बन्द हड्ताले संख्या घटेको छ। तैपनि तल्लो तहदेखि उच्च शिक्षाका लागि भारतीय विद्यार्थीहरू आउने गरेका छन्। ’आचार्यले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.