सँगै धान रोप्न गएका श्रीमानले गरे श्रीमतीको हत्या

सँगै धान रोप्न गएका श्रीमानले गरे श्रीमतीको हत्या

भीमदत्तनगर : घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका-८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिएका छन्।

'बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन्।' घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने , 'खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो।' केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए।हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिएको छ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.