अपडेटः बससँग भ्यान र मोटरसाइकल ठोक्किँदा मृत्यु हुने चार पुगे

अपडेटः बससँग भ्यान र मोटरसाइकल ठोक्किँदा मृत्यु हुने चार पुगे

दमौलीः आँबुखैरेनी गाउँपालिका–१ बरादीमा यात्रु बससँग दुई सवारी साधन ठोक्किँदा चारजनाको मृत्यु भएको छ । आँबु–४ निवासी २६ वर्षका डिलबहादुर थापाको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएपछि मृतकको संख्या चार पुगेको हो । 

यसैगरी पर्वतको कुश्मा नगरपालिका–९ निवासी तीन वर्षकी ममता लामिछाने र कुश्मा–९ का २५ वर्षका कमल लामिछानेको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । 

त्यसैगरी आँबु–४ का २८ वर्षीय नुनबहादुर खवासको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।

घटनामा तीनजना घाइते भएका छन् । पृथ्वीराजमार्गमा भएको दुर्घटनामा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेका बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक सन्तोष रोकाले बताए ।
 
दुर्घटनामा घाइते हुने सबै भ्यान र मोटरसाइकलका यात्रु हुन् । घाइते हुनेहरुमा मृतक ममताकी आमा २० वर्षीया पार्वती लामिछाने, चितवन भरतपुर–६ निवासी २० वर्षीया सरु पाठक, पर्वत कुश्मा–१३ निवासी २४ वर्षीय गुरुदत्त तिवारी छन् । 

यसैगरी पर्वत खुर्कोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्त तिवारी पनि घटनामा घाइते छन् । एकै पटक तीन सवारी ठोक्किँदा केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.