मिल्क होलिडेले  समस्या

मिल्क होलिडेले  समस्या

विराटनगर :  मिलन बुुढाथोकी पूर्वी भेगका किसानले उत्पादन गरेको दूध खेर जाने गरेको छ। उत्पादनको अनुुपातमा बजारमा दूध खपत कम हुँदा किसान मर्कामा परेका छन्।

प्रदेश १ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष दुई दशमलव ९५ प्रतिशतले दूध उत्पादन बढेको छ। तर, दूध प्रशोधन गरी पाउडर बनाउने क्षमता नबढ्दा प्रदेशभित्रका कृषकले उत्पादन गरेको दूध सदुुपयोग हुन नसकेको हो।

मोरङको बानिगामा दुुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले पछिल्लो समय आफ्नो फर्ममा मात्र ३५ प्रतिशतले दूध वृद्धि भएको बताए। यही अनुपातमा सहकारीमा दूध संकलन हुने गरे पनि निजी डेरीले मिल्क होलिडे गर्न थालेका कारण किसान समस्यामा परेको बताए। उनले यसको कारण विराटनगरस्थित सरकारी स्वामित्वको विराटनगर दुुग्ध विकास आयोजना भएको बताए। ‘आयोजनाले किसानको हित हुने काम गर्नै सकेन’, उनले भने, ‘पटके विधिबाट पाउडर प्लान्ट थप गर्ने रणनीति किसानको हितअनुकूल छैन।’

२०३० सालमा स्थापना भएको विराटनगर दुुग्ध विकास आयोजनामा २०५० सालमा दातृ निकायको सहयोगमा दूध पाउडर प्लान्टको स्थापना गरिएको थियो। उक्त प्लान्टलाई चाहिने सम्पूर्ण प्राविधिक पक्ष चुुस्तदुरुस्त रहे पनि अघिल्लो वर्ष १० करोड ६० लाख खर्चेर थपिएको नयाँ पाउडर प्लान्टका लागि चाहिने प्राविधिक संरचना जडान गरिएको छैन। यसका कारण मुख्य प्लान्टको मात्र जडानले पाउडर उत्पादन गर्ने सम्पूर्ण क्षमता बढ्न नसक्दा थप दूध संकलन गर्न नसकिएको आयोजनाका प्रशोधन शाखा प्रमुख दामोदर ढकालले जानकारी दिए।

सरकारी निकायको कमजोरीका कारण पूर्वी भेगका किसानले दूध उत्पादन बढाए पनि बजार पाउन मुस्किल छ। आयोजनाले अहिले दैनिक ४२ हजार लिटर दूध संकलन गर्दै आएको छ। तर दूध पाउडर बनाउने प्लान्ट पूर्ण क्षमतामा चल्न सके दोब्बर दूध संकलन हुने ढकाल बताउँछन्।

उत्पादनको अनुुपातमा बजारमा दूध खपत कम हुँदा किसान मर्कामा परेका छन्।

दूधको उपलब्धता र खपतका हिसाबले १ नम्बर प्रदेश आत्मनिर्भर मात्रै होइन निर्यात गर्न सक्ने अवस्थामा छ। तर, दूधमा आत्मनिर्भर देखिएको भए पनि तेस्रो मुलुकबाट पाउडर दूधको आयात प्रतिस्थापन हुन नसक्दा दूध बिक्री नहुने गरेको किसानको दुुखेसो छ। विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ देखि २०७५ जेठसम्म तीन लाख सात हजार एक सय ७३ किलो पाउडर दूध तेस्रो मुलुकबाट आयात भएको छ। उक्त परिणामको पाउडरबाट झन्डै ३० लाख लिटर दूध बन्न सक्छ।

दूधमा सरकारले विभिन्न अनुदान दिएर बजार व्यवस्थित गर्न लगानी गरिरहेको छ। तर अझै पनि दूधको व्यवस्थापन भने कमजोर रहेको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपंक्षी विकास महाशाखाका प्रमुख डा. अशोककुमार सिंहको भनाइ छ।

धनकुुटाका दुुग्ध उत्पादक किसान भरत गुरुङले सरकारी योजना कृषिमुखी बनाउन खोजे पनि त्यसको उचित व्यवस्थापन नहुँदा किसानको श्रम खेर जाने गरेको बताए। उनले भने,‘देशभित्र उत्पादन हुने दूधलाई प्रशोधन गरी पाउडर बनाएर भण्डारण गर्न सके विदेशी पाउडरको भर पर्नु पर्ने थिएन।’

०००

दूग्ध विकास संस्थान विराटनगरमा धुलो दूध उत्पादन गरिँदै। मिलन बुढाथोकी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.