तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

जाजरकोट : पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन् ।

बुधबार कालोपट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले बिहीबार मध्याह्न १२ बजेसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका हुन् । समयमै रकम निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् ।

स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको उनीहरूले बताएका छन् । भेरी नगरपालिकामातहतका स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब नपाएको गुनासो गरेका छन् । शुक्रबारसम्म तलब निकासा नगरिए सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए ।

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । तलब नपाउँदा घरखर्च टार्न समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी नारायणी शाहले बताइन् । मन्त्रालयबाटै निकासा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि तलब वितरणमा समस्या आएको हो ।

भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए । यस अघि निकासा भएको तलब सकिएको र फेरी निकासाका लागी कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत स्वास्थ्य सेवा विभागमा माग गरेपनि हाल सम्म निकासा भएको छैन उनले भने–‘निकासा हुने वित्तिकै नगरपालिकाले तलब रोक्दैन ।’ अर्थ मन्त्रालयले स्वास्थ्यको बजेट एकमुष्ट मन्त्रालयलाई पठाएको तर स्वास्थ्य मन्त्रालयले उक्त रकम स्वास्थ्यकै अन्य कार्यक्रममा खर्च गरेपछि तलब निकासा हुन नसकेको हो । समयमा तलब नपाउँदा स्वास्थ्यकर्मीको सेवाप्रवाह समेत प्रभावित हुन थालेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.