असार १५ मै जुम्लामा धान गोड्ने चटारो

असार १५ मै जुम्लामा धान गोड्ने चटारो

जुम्ला : असार १५ मा देशभरका किसानले धान दिवस मनाउँदै रोपाइँ गरिरहेका बेला जुम्लाका किसान धान गोड्न व्यस्त छन्। विश्वकै उच्च धान फल्ने स्थान जुम्लाको छुमचौर ज्युलोदेखि (खेत) खस भाषाको उद्गम स्थल सिंजा क्षेत्र लगायतका सबै धानखेतमा किसान धान गोड्न व्यस्त छन्। 

सामान्यतया अन्य जिल्लामा असारमा धान रोपाई गरी साउनमा धान गोड्ने गरिन्छ। तर, जुम्लामा भने जेठमै धान रोपेर असारको पहिलो हप्तामै धान गोड्ने चलन छ। 

चिसोका कारण असारमा रोपेको धान नपाक्ने भएकाले यहाँ जेठमै धान रोपाई हुन्छ। जुम्लाका कृषि विज्ञ धनप्रसाद देवकोटाका अनुसार जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यँहा धान पाक्दैन। ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १ सय ५० देखि १ सय ६५ दिन हो। असारमा धान रोपे कार्तिकसम्म पाक्दैन। त्यसैले परम्परादेखि जेठमै धान पर्ने चलन जुम्लामा छ’, उनले भने, ‘जलवायु परिवर्तनका कारण पहिल्लो समय तापक्रम बढ्दै जाँदा असारमा रोपेको धान पनि जुम्लामा पाक्छ। तर, परम्परादेखि रही आएको चलन जुम्लाका कृषकले जेठमै धान रोप्ने गरेका हुन्।’ 

धान गोड्न व्यस्त रहेकी चन्दननाथ नगरपालिका ७ की कृषक लक्ष्मी थापाले जेठमा रोपेको धान चिसो सुरु नहुदै पाक्ने भएकाले धान छिटो रोप्ने गरेको बताइन। ‘वैशाखमा जौँ पाकेपछि धान रोपाईं सुरु हुन्छ। जेठमै रोपाईं सकेपछि समयमै गोडमेल गर्न पनि सहज हुन्छ’ उनले भनिन्, ‘त्यसको फलस्वरुप पछि धान उत्पापदन पनि वृद्धि हुन्छ।’ 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.