१७ लाख रुपैयाँ बराबरको घरेलु मदिरा पोखियो

१७ लाख रुपैयाँ बराबरको घरेलु मदिरा पोखियो

डोल्पाः यहाँको सदरमुकाम दुनैमा प्रहरीले ९ सय ५ लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । सदरमुकाम दुनैमा जिल्ला प्रशासन कार्यालय डोल्पाले प्रहरी लगाएर छापा मारेपछि ठुलो परिमाणमा घरेलु मदिरा बरामद भएको हो । 

दुनैका स्थानीयको घरबाट प्रहरीले २ सय ६० लिटर रक्सी र ६४५ लिटर रक्सी बनाउन तयारी अवस्थाको जाँडसहित  ९०५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार १४ थान मदिरा बनाउने सिल्बरका भाँडा पनि बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बरामद मदिरा र मदिरा उत्पादनको भाँडा अनुमानित १७ लाख रुपैयाँको भएको डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । 

घरेलु मदिराले समाजको शान्ति सुरक्षामा असर गर्ने भएकाले बरामद गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘घरेलु मदिरा अब बिस्तारै नियन्त्रण हुँदैछ, धर्म संस्कार या रीतिरिवाजका नाममा मदिरा उत्पादन विक्री गर्न कसैलाई पनि छुट छैन ।’ 

घरेलु मदिराले महिला हिंसा बढ्ने भएकाले पनि नियन्त्रण गर्न अभियान थालिएको महिला सशक्तिकरण डोल्पाकी अध्यक्ष उर्मिला बिकले बताइन् । उनका अनुसार घरेलु मदिरा बेचेरै कसैको दैनिकी चलेको भए अन्य व्यवसाय गरी आत्मनिर्भर बन्न लाग्नुपर्ने बताइन् । 

एकै पटक प्रहरीले छापा मारेपछि स्थानीय भने आक्रोशित भएका छन् । धेरैको रोजीरोटी प्रशासनले खोसिदिएको स्थानीयको आरोप छ ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.