भारतले पानी नदिँदा धान खेती प्रभावित

भारतले पानी नदिँदा धान खेती प्रभावित

वीरगन्ज : पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सामा असार १५ बित्दा दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ। 

आकाशे पानी र गण्डक नहरको भरमा पर्सा किसानले धानको खेती गर्दै आएका छन्। तर, अहिले धान रोप्ने समय बित्न लाग्दासमेत पर्याप्त वर्षा भएको छैन। गण्डक नहरमा पनि पानी नआएका कारण पर्साका किसानले रेपाइँ गर्न पाएका छैनन्। 

पर्साको धोबीनीका किसान अजय चौरसीयाले ब्याडमा धानको बीउँ तयार भइसकेको भए पनि पानि नपरेका कारण रोपाइँ गर्न नपाएको गुनासो गरे।‘धान रोप्ने चटारो भइसक्दा पनि पानी परेकै छैन, गण्डक नहरमा पनि पानी छैन, २२ कठ्ठामा धान खेती गर्दै आएका चौरसीयाले भने, ‘तर,  आकाश हेरेरै दिन बिताइरहेको छु।’

पर्याप्त वर्षा नभएको र गण्डक नहरमा पनि पानी नआएका कारण अहिलेसम्म २ प्रतिशत मात्र धानको रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक महेन्द्र कुशवाहाले बताए। 

ब्याडमा धानको बीउँ रोप्नका लागि तयार भइसकेको भए पनि सिंचाइको अभावमा किसानले धान रोप्न नपाएको उनले बताए । ‘अहिले ट्युबेल वा पम्पसिट लगाएर किसानले धान रोप्न त सक्छन्। तर, धानलाई पर्याप्त पानी चाहिन्छ’, कुशवाहाले भने, ‘वर्षा भएन भने रोपेको धान पनि डढेर खतम हुन्छ।’

भारतको भैंसालोटन, रामनगर हुँदै नेपाल प्रवेश गरेको गण्डक नहरको संरचना  पर्सा, बारा र रौतहटसम्म छ। गण्डक नहरको लम्बाई भारत विहारको भैंसालोटनदेखि रौतहटसम्म ८१ किलोमिटर छ।  पर्सा, बारा र रौतहटका किसानका लागि सिंचाइको मुख्य श्रोत भनेकै गण्डक नहरको पानी  हो।

सम्झौता अनुसार भारतीय पक्षले धान बालीका लागि असार सात गते नै नेपालतर्फको गण्डक नहरमा पानी दिनु पर्ने हो। तर, असार दोश्रो साता बितिसक्दा पनि भारतीय पक्षले गण्डक नहरमा पानी छाडेको छैन। 

गत वर्षको साउन अन्तिम साता तिर आएको बाढीले भत्काएको नहरको संरचनाको मर्मत कार्य नसकिएको भन्दै भारतीय पक्षले नेपाल तर्फको गण्डक नहरमा पानी नछाडेको वीरगन्जमा रहेको नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए। 

सम्झौता अनुसार असार ७ गते देखि नै नहरमा पानी छाड्न आग्रह गर्दै भारतको रामनगरमा रहेको जल संशाधन विभागको कार्यालयमा एक महिना अघि नै पत्र पठाएको साहले बताए।

टेफिफोनमा सम्बन्धीत अधिकारीसँग आग्रह गर्दा पनि भारतीय पक्षले पानी नछोडेको साहको भनाइ छ। ‘मर्मतको काम १० दिनमा सकिन्छ भनेर भारतीय पक्षले भनेको छ’, साहले भने, ‘असार अन्तिम सातादेखि नेपाल तर्फको गण्डक नहरमा  पानी आउन सक्छ।’ 

पर्साको महादेवपट्टीमा धान बालीका लागि खेत तयारी गर्दै किसान। तस्बिर : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.