जंगली हात्तीले झापामा दुई घर भत्कायो
बिर्तामोड : झापाको मेचीनगर नगरपालिका ७ स्थित देवीडाँडा गाउँमा जंगली हात्तीले दुई वटा घर भत्काएको छ । शुक्रबार बाह्रवटाको समूहमा भारततर्फबाट आएको हात्तीले स्थानीय मोहनबहादुर खत्री र सुधिर राजवंशीकोे घर भत्काएको प्रहरी चौकी सतिघट्टाले बताएको छ ।
हात्तीले घरसहित घरभित्र भएका खाद्यान्न र लत्ताकपडा समेत नष्ट गर्दा एक लाख ३० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
हात्तीको बथानलाई प्रहरी चौकी सतिघट्टाबाट गएका प्रहरीको टोली र गाउँलेले भारत तर्फ धपाएको छन् ।