स्थानीय पहलमा क्यान्सर अस्पताल सञ्चालन

स्थानीय पहलमा क्यान्सर अस्पताल सञ्चालन

नेपालगन्ज : बाँकेमा सुविधासम्पन्न क्यान्सर अस्पताल खुलेको छ। खजुरा गाउँपालिका–७ खजुरा बजारमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ खुलेको हो।

२०६२ सालमा प्रखर परोपकार मिसनबाट अस्पताल सञ्चालनका लागि अभियान सुरु भएको थियो। ०६५ माघ ११ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका छन्। ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा त्यही अस्पताललाई पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रूपमा सरकारीकरण गरियो।

अस्पताल विकास बोर्ड समितिका अध्यक्ष किश्मतकुमार कक्षपती भन्छन्, ‘हामीले जनताको प्रत्यक्ष सहभागितामा चार बिघा क्षेत्रफलमा अस्पताल निर्माणको काम सुरु ग¥यौं। सञ्चालनमा नआउँदै अस्पताललाई सरकारले स्वामित्व ग्रहण ग¥यो। सबै चल÷अचल सम्पत्ति स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरी गठन आदेशमार्फत सुविधासम्पन्न अस्पतालका रूपमा सर्वसुभल सेवा दिँदै छौं।’

जनसहभागितामा सुरु गरी सरकारलाई हस्तान्तरण गरेको यो नै नेपालको पहिलो क्यान्सर अस्पताल हो। यो चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपछि सरकारी स्वामित्वमा सञ्चालित दोस्रो अस्पताल भएको छ। नेपालमा क्यान्सरकै मात्र उपचार गर्ने सरकारी र निजी गरी (योसमेत) आधा दर्जन मात्र अस्पताल छन्। ०६६ सालमा स्वास्थ्य मन्त्रालयबाट एक सय शैयाका लागि अनुमति पाएको यो अस्पतालमा ६९ शैयाको भवन निर्माण भइसकेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराज पौडेल सुरुमा बढीमा १५ शैया मात्र सञ्चालनमा आउने बताउँछन्। अस्पतालले ११ असारदेखि बहिरंग सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ।

‘किमो सेवा हामी एक महिनाभित्र सुरु गर्छौं’, डाक्टर पौडेलले भने, ‘क्यान्सरको अप्रेसन गर्न भने अझै साढे दुई महिना कुर्नुपर्छ।’ अस्पतालमा ओपीडी, एक्सरे, भिडियो एक्सरे सेटअप भइसकेको र मोडुलर ओटी जडानको कार्य भइरहेको उनले जानकारी दिए। अस्पतालमा अहिलेसम्म ३५ करोड रुपैयाँ खर्च भइसकेको छ। यो वर्ष सरकारले अस्पताल सञ्चालनका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन्। तर, सबै करारमा लिइएका हुन्। जहाँ पाँच जना चिकित्सक छन्। जसमा एक जना क्यान्सर रोग विशेषज्ञ, अर्का सर्जन र तेस्रो फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक छन्। अस्पतालले आफ्नै फार्मेसी पनि सञ्चालन गर्ने जनाएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगतमा काम गरेको आधारमा डाक्टर पौडेलले यस क्षेत्रमा पाठेघर, स्तन, फोक्सोलगायत क्यान्सरका रोगीहरूको संख्या अत्यधिक रहेको बताए। २१ जना क्यान्सर रोगी अस्पतालका चिकित्सकको सम्पर्कमा आइसकेका छन्।

उनले भने, ‘निजी अस्पतालमा कम्तीमा एकदेखि दुई लाख रुपैयाँ लाग्ने क्यान्सरको ठूलो अप्रेसन यहाँ १५ देखि २० हजार रुपैयाँमै गर्न सकिनेछ।’ अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालका कर्णाली, प्रदेश ५ र ७ का क्यान्सर रोगीले सहुलियत सेवा पाउनेछन्। उनीहरूमा चितवन, काठमाडौं उपत्यका र भारतका विभिन्न अस्पतालमा उपचारका गर्न जानुपर्ने समस्या टरेको छ।       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.