फौजदारी मुद्दामा असफलतादर उच्च

फौजदारी मुद्दामा असफलतादर उच्च

ओखलढुंगा : सरकार वादी भई चल्ने फौजदारी मुद्दामा असफलताको दर उच्च देखिएको छ । कमजोर प्रमाण र अनुसन्धानका क्रममा त्रुटिका कारण पुनरावेदन सुनुवाइपछिको फैसलामा असफलताको दर उच्च देखिएको हो ।

उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा चालू आर्थिक वर्ष पेस भएका १ सय ३७ मुद्दामध्ये यही असार १५ गतेसम्म १ सय ६ वटाको फैसला भयो । फैसला भएकामध्ये मुद्दामा मागदाबीअनुसार २७ थान मुद्दा पूर्ण वा आंशिक रूपमा सफल देखिएका छन् भने ७९ वटा पूर्ण वा आंशिक रूपमा असफल भएको उच्च सरकारी वकिल कार्यालय ओखलढुंगाले जनाएको छ । सरकार वादी भएको मुद्दामा सरकारी वकिलले प्रतिरक्षा गर्ने गर्छन् ।

उच्च अदालतको ओखलढुंगा इजलासले उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका पुनरावेदन मुद्दा तथा रिट निवेदन हेर्ने गर्छ । चालू आर्थिक वर्षमा तथ्यांकका हिसाबले उच्च सरकारी वकिल कार्यालयका तर्फबाट पुनरावेदन पत्र पेस भई फैसला भएका १ सय ६ थान मुद्दामा १७ प्रतिशत मात्रै मुद्दा पूर्ण सफल भएको पाइएको छ । फौजदारी मुद्दा असफल हुनुमा पर्याप्त प्रमाण अभावका साथै प्रभावकारी अनुसन्धान नहुनु मुख्य कारण रहेको जनाइएको छ ।

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता खडानन्द गौतमले प्रचलित कानुन तथा मागदाबीका बीचमा तादत्म्य नभई आएका मुद्दा भरपर्दो प्रमाण अभावले असफल हुने बताए । ‘मुख्य कुरो अनुसन्धान नै हो’, उनले भने, ‘न्यून प्रमाणका कारण मागदाबी नपुग्दा मुद्दा असफल हुने गर्छन् ।’ प्रहरीले गर्ने अनुसन्धान तथ्यपरक र प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।

मुद्दामा अनुसन्धानका प्रमाण, घटनास्थल मुचुल्का, स्वास्थ्य परीक्षण तथा घाउ जाँच केस फारमलगायतको काम गर्दा हुने त्रुटिका कारण पुनरावेदन परेका मुद्दा असफल हुने गरेका हुन् । सरकारवादी मुद्दामा सरकारी निकायको भूमिका प्रभावकारी नभएर पनि मुद्दा असफल हुने सरोकारवालाको ठम्याइ छ । सरकारवादी मुद्दा बढी असफल हुनुमा अनुसन्धान, अभियोजन र प्रमाण परीक्षणमा हुने त्रुटि कारक रहेको ओखलढुंगाका जिल्ला न्यायाधीश कैलाश केसीले बताए ।

उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले सरोकारवाला निकायसँगको अन्तक्र्रियामा पेस गरेको कार्यपत्रमा मुद्दा असफलताको दर उच्च रहेको देखिएको हो । उच्च अदालतको ओखलढुंगा इजलासका मुख्य न्यायाधीश टेकराज नेपालले अनुसन्धान पक्ष फितलो भएकै कारण मुद्दा कमजोर हुने गरेको बताए । अनुसन्धान र प्रमाण पेस गर्ने निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सरोकारवालाले विद्यमान कानुन, अनुसन्धान प्रक्रिया र न्यायिक तथा अर्धन्यायिक निकायबाट हुने न्यायसम्पादनबीच तादात्म्य मिल्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.