ठेकेदराले पुल नबनाउँदा सास्ती

ठेकेदराले पुल नबनाउँदा सास्ती

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका–७ स्थित बलुवा नदीमा ठेकेदारले समयमा पुल निर्माण नगर्दा स्थानीय समस्यामा परेका छन् । स्थानीयले केही दिनअघि आउजाउ गर्न फलामको पाइपमाथि काठ हालेर अस्थायी पुल बनाएका थिए । त्यही अस्थायी पुल भएर उनीहरूले जोखिमपूर्ण यात्रा गर्थे तर चार दिनअघि बाढीले त्यो पनि बगाएपछि सबैला र हंसपुरको सम्पर्कविच्छेद भएको हो ।

मलाह समुदायले अहिले ट्युबको डुंगा बनाएर सशुल्क यात्रुलाई नदी पार गराउने गरेका छन् । स्थानीय सञ्जय सिंहले ठेकेदारले समयमा पुल नबनाउँदा अहिले बाढीको बेला मोटरसाइकल लिएर जनकपुर जाने अवस्था नरहेको सुनाए । ‘सबैला नगरपालिकाका जनताले पैदल आएर नदी पार गर्छन्’, उनले भने, ‘अनि, हंसपुरमा गाडी चढेर जनकपुर पुग्छन् ।’ नदीमा मोटरसाइकल पार गर्न स्थानीय युवाले १ सय रुपैयाँ लिने गरेको उनले सुनाए ।

सबैला नगरपालिकाका मेयर विजयप्रसाद साहले पुल समयमा नबनेका कारण कहिले धनुषाधाम त कहिले वीरेन्द्र बजार भएर जनकपुर जाने बाध्यता रहेको बताए । ठेकेदारलाई समयमा पुल निर्माण गर्न पटक–पटक भनिए पनि वास्ता नगरेको उनको भनाइ छ । ‘पुल ढलान भइसकेको छ’, उनले भने, ‘माटो पुरेर ग्राभेल मात्र गरिदियो भने समस्या समाधान हुन्छ । तर यति गर्न पनि चाहेको छैन ।’

हंसपुरका मेयर रामज्ञान मण्डलले पनि ठेकेदारको लापरवाहीले समयमा पुल निर्माण हुन नसकेको बताए । ठेकेदारले अटेर गरेका कारण कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ । अस्थायी पुल पनि बाढीले बगाउँदा सबैला गाउँसँगको सम्पर्क टुटेको पनि उनले सुनाए । भने, ‘सर्वसाधारणलाई आउजाउ गर्न एकदमै कठिनाइ भइरहेकाले वडाध्यक्षलाई जसरी पनि तत्काल वैकल्पिक व्यवस्था मिलाउन भनेको छु ।’

पुल निर्माणका लागि रोशन कन्स्ट्रक्सन जनकपुरले २ करोड ४८ लाख ६९ हजार ठेक्का लिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । ९ डिसेम्बर ०१५ मा ठेक्का ठेक्का लिएको कम्पनीले २९ मार्च ०१८ मै निर्माण गरिसक्ने सम्झौता गरेको थियो । अहिले कम्पनीले ६ महिनाको म्याद थप्न निवेदन दिएको प्राविधिक कार्यालयका इन्जिनियर नारायणप्रसाद यादवले बताए । तर, ६ महिना म्याद थप्न नसकिने उनको भनाइ छ । भने, ‘म्याद बढीमा तीन महिना थपिन सक्छ । अब तीन महिनामा पुल निर्माण सक्ने अनुमान छ किनकि ८५ प्रतिशत काम भइसकेको छ ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.