जेठी नालाको बाढीले बगाउँदा दुईको मृत्यु
नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका-५ का लोकबहादुर सुनारको जेठी नालाको बाढीले बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले दिएको जानकारी अनुसार ३५ वर्षीय सुनारको खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो।
सोही खोलाले बगाएर बेपत्ता भएका बैजनाथ-३ का तुलबहादुर बुढाको अवस्था भने अझैं अज्ञात छ ।बाढीका कारण नेपालगन्ज-गुलरिया सडक खण्डमा पर्ने बाँकेको खजुरा गाउँपालिकाको किरण नाला पश्चिममा बाढीका कारण सडक अवरुद्ध भएको छ।
प्रतिक्रिया दिनुहोस !