स्थानीयले फुटाए गण्डक नहर

स्थानीयले फुटाए गण्डक नहर

 परासी : पानी निकासको व्यवस्था नगर्दा डुबानमा परेको जनाउँदै स्थानीयवासीले मंगलबार पश्चिम नवलपरासी भएर बग्ने भारतीय मुख्य पश्चिमी गण्डक नहर फुटाएका छन् । नहरका कारण लक्ष्मीपुरमा लगाएको दुई सय बढी बिघा धानबाली डुबानमा परेपछि सुस्ता गाउँपालिका–२ गुदरियाका स्थानीयले नहर फुटाएका हुन् ।

पानी निकासका लागि बनाइएका साइफन मर्मत र सफाइ नगर्दा धानबाली डुबानमा परेको स्थानीयले बताएका छन् । गतवर्ष पनि नहरका कारण डुबानमा परेको जनाउँदै रुपौलियाका स्थानीयले बाँध फुटाएका थिए । हरेक वर्ष साइफनमर्मत तथा सफा गर्ने जनाए पनि भारतीय पक्षले अटेर गर्ने गरेका कारण डुबानमा पर्दै आएको स्थानीयले बताएका छन् ।

नहर फुटाएपछि स्थानीय जनप्रतिनिधि र गण्डक सिँचाइ व्यवस्थापन डिभिजन समेरीका प्राविधिसहितको टोलीले निरीक्षण गरेको थियो । डिभिजन कार्यालयका प्रमुख इन्जिनियर टीकाराम बरालले नहर फुटाएको बारे भारतीय पक्षलाई जानकारी गराइएको बताए । ‘हामीले नहर फुटाएको बारे भारतीय सिँचाइ कार्यालयका इन्जिनियरलाई जानकारी गराएका छौं, उनीहरूले आन्तरिक छलफल गरेर समस्या समाधानका लागि आउँछौ भनेका छन्’, बरालले भने । रानीनगरसहित ३, ४ स्थानमा निर्माण गरिएको साइफन सफा नगर्दा पानी निकास हुन नपाएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भारतीय पक्षले खेतको पानी निकासका लागि राखेको ह्युम पाइप नहरभन्दा माथि भएकाले निकास हुन नपाएकाले डुबानमा परेको बताए । तत्काल समस्या समाधानका लागि स्थानीयले पानीको निकास मात्र गरेको जनाउँदै सामान्य मौसममा पुनः पुर्न सकिने लामिछानेले बताए । उनले भारतीय पक्षसँग तत्काल समस्या समाधानका लागि छलफल अघि बढाउने पहल भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.