महासंघ अध्यक्ष चिन्तनलाई सफाई,उजुरी दिनेलाई एक महिना कैद
मुसकिोट : बलात्कारको आरोप लागेका नेपाल पत्रकार महासंघ रुकुम शाखा अध्यक्ष गणेश विक चिन्तनले बुधबार सफाई पाएका छन्। रुकुम जिल्ला अदालतका न्यायाधीश काजीबहादुर राईको एकल इजलासले उक्त फैसला गरेको हो।
२४ वर्षीया एक युवतीले आफूले पत्रकार महासंघको कार्यालयमा काम गरेको पारिश्रमिक नपाएको र आफूमाथि बलात्कार समेत गरेको भन्दै जेठ २२ गते जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा उजुरी दिएकी थिइन्।उजुरीपछि सोही दिन अध्यक्ष चिन्तनलाई प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरेको थियो।
अब जाहेरी दिनेलाई १ महिना कैद र एक हजार रुपैयाँ जरिवाना हुने फैसला समेत भएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए।