झलनाथ खनाल भन्छन् : माक्र्सवादको व्याख्या समय सापेक्ष गरौं

झलनाथ खनाल भन्छन्  : माक्र्सवादको व्याख्या समय सापेक्ष गरौं

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले माक्र्सवादको व्याख्या समय सापेक्ष रुपमा गर्नुपर्ने बताएका छन् । कार्ल माक्र्स जन्म द्वीशतवार्षिकी समारोहले शुक्रबार नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै नेता खनालले माक्र्सवादमा आधारित रहेर पनि समाजवाद हुँदै साम्यवादमा पुग्ने बाटो देश अनुसार फरक हुने बताए ।

 उनले उत्तरी छिमेकी देश चीनको उदाहरण दिँदै भने, ‘विश्वमा कम्युनिस्ट व्यवस्था ओरालो लागेको बेला चीन नयाँ ढंगले अघि बढ्न सुरु गर्याे । खुलापनको नीति थाल्यो । अत्यन्त तिब्र गतिमा सुधार भयो । यद्यपी त्यो सुधारलाई पूँजीवादको कुरा हो भनेर कम्युनिष्टहरुले आरोप लगाए । वहसहरु भए ।’

त्यही चीन विश्वको दोस्रोे शक्तिशाली राष्ट्र भएको छ । अहिले चिनियाँ विशेषताको समाजवादको रुपमा व्याख्या हुन थालेको खनालले बताए । उनको कथन थियो, ‘हरेक देशमा कसरी समाजवाद निर्माण गर्ने त्यसका कार्यदिशा र सिद्धान्त त्यो देशको कम्युनिस्ट पार्टीले विचार गर्नुपर्ने कुरा हो ।’

त्यस्तो समाजवादको बाटो तय गर्न अरुका कुरा सुन्ने र आफ्ना अडान नछोड्ने नीति लिनुपर्ने खनालको भनाइ थियो । उनले नेकपामा विगतमा एमाले र एमाओवादी जस्तो गुटबन्दी, पक्षधरता, पार्टीमा कसैलाई जिम्मेवारी नदिने र कसैलाई जिम्मेवारी बढी दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने पूर्वनिर्धारित कार्यक्रम पार्टी बैठकका कारण स्थगित भएको थियो । सो अवसरमा कार्ल माक्र्स जन्म द्वीशतवार्षिकी समारोहका संयोजक तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सह–संयोजक राम कार्की लगायतले कार्ल माक्र्सका विचार अहिले पनि सान्दर्भिक भएको बताएका थिए ।

गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका नेकपा लगायत अन्य कम्युनिस्ट घटकका १ हजार पाँच सय कम्युनिस्ट कार्यकर्ताहरुको सहभागिता रहेको छ । गोष्ठी शनिबारसम्म चल्नेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.