घरेलु मदिरामा स्यानिटरी प्याडदेखि जुत्ता र थोत्रा कपडासम्म

घरेलु मदिरामा स्यानिटरी प्याडदेखि जुत्ता र थोत्रा कपडासम्म

कालिकोटः जिल्ला प्रशासन कार्यालय कालिकोटले बिहीबार साँझ गरेको बजार अनुगमनका क्रममा स्थानीयबासीले उत्पादन गरेको घरेलु मदिरामा फोहोरजन्य पदार्थ मिसाइएको पाइएको छ । 

अनुगमनका क्रममा भेटिएको घरेलु अवैध मदिरामा महिनावारी हुँदा महिलाले प्रयोग गरेका स्यानिटरी प्याड, पुराना जुत्ता र थोत्रा कपडा फेला परेको हो । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र कोष तथा लेखा नियन्त्रण कार्यालयसहितका सरकारी निकायले अनुगमनका क्रममा बरामद गरेको घरेलु मदिरामा प्रहरीले महिनावारीमा महिलाले प्रयोग गरेका प्याड, पुराना जुत्ता र थोत्रा कपडा फेला परेका हुन् । 

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बिहीबार बेलुका ५ बजेदेखि गरिएको अनुगमनका क्रममा एक हजार ६ सय लिटर घरेलु अवैध मदिरा, ६ सेट मदिरा बनाउने भाँडा र ग्यास सिलिण्डर बरामद गरिएको जानकारी दिए । 

उनले सदरमुकाम मान्म बजारबाट मात्रै उक्त घरेलु मदिरा जफत भएको बताए । ‘बजारबाट बरामदा मदिराका भाँडा जिल्ला प्रशासन कार्यालयमा खोलेर हेर्दा महिनावारी भएका महिलाले प्रयोग गरेका प्याड, फाटेका जुत्ताका टुक्रा र पुराना कपडा पोलेर हालेको फेला परेको छ’, प्रजिअ गौतमले भने ।   

गौतमका अनुसार मानव स्वास्थ्यमाथि खेलवाड गरेर मदिरा उत्पादन गर्ने उत्पादकलाई कारबाही गरिनेछ । ‘मदिारा बरामद भएपछि मदिरा उत्पादन गर्ने पसले भागेका छन्’, उनलेभने, ‘प्रहरीले खोजिरहेको छ । कुनै पनि हालतमा पक्राउ गरेर कारबाही गर्छौँ ।’

सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले मदिराका कारण गाउँमा सामाजिक सद्भाव बिग्रिएको र झगडा हुन थालेकाले नियन्त्रण अभियान थालिएको बताए । 

मदिराले महिला हिंसाका घटना बढेको बताउँदै उनले मदिरा पिएर गाउँमा कयौं ज्यान थालेपछि नियन्त्रण गर्नुपरेको उनले बताए । सहायक प्रजिअ दुलालका अनुसार यस वर्ष ११ पटक गरिएको बजार अनुगमनमा २० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । 

जिल्ला प्रहरी प्रमूख सुवासचन्द्र बोहोराले कालिकोटमा सबैभन्दा बढी घटना दिराकै कारण हुने भएकाले यस वर्ष मदिरामा कडाई गर्दा अपराधिक घटनामा पनि कमी आएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.