टिपर खस्दा १९ मजदुरको मृत्यु

टिपर खस्दा १९ मजदुरको मृत्यु

बेनी : कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो टिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ। दुर्घटनामा १२ मजदुर घाइते छन्।

अस्थायी शिविरबाट खाना खाएर कार्यथलोतिर जाँदा लो–ध्याकर दामोदरकुण्ड गाउँपालिका–३ मा बा२क २२१९ नम्बरको टिपर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा रोल्पा जिल्लाका ९, दाङका ५, स्याङ्जा, ओखलढुंगा, धादिङ, कैलाली र कपिलवस्तुका १÷१ जना मजदुर छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले दुर्घटनामा थवाङ गाउँपालिका–५ रोल्पाका सुकमन रोका, महेश रोका, सिर्जना रोका मगर, राष्टे रोका, जीतकुमारी पुन, थवाङ १ की मौसमी घर्ती, जीतमाया घर्ती, सुनसरे गाउँपालिका–१ का सोन्टो घर्ती र रामकुमार पुन मगरको ज्यान गएको जानकारी दिए।

त्यस्तै, राप्ती गाउँपालिका–३ दाङका सुबेर चौधरी, कविता घर्तीमगर, वडा नं ९ का शान्ति थापा, राजपुर–१ का कमल बुढा, बालकुमार घर्ती, सवारी चालक धादिङका सुमन घलान, ओखलढुंगाका जीवन माझी, कैलालीकी बिन्ती घर्ती, कपिलवस्तुका कमनसिंह रोका र स्याङ्जाका कृष्ण क्षत्रीको मृत्यु भएको प्रनाउ खड्काले पुष्टि गरे।

‘बिहानको काम गरेपछि १२ बजे खाना खाएर फेरि काम गर्ने ठाउँमा फर्कंदा दिउँसो साढे १ बजे दुर्घटना भएको हो’, प्रनाउ खड्काले टेलिफोनमा भने, ‘पुरानो सडकबाट खनिरहेको नयाँ ट्रयाक तल खसेको देखिएको छ।’ दुर्घटनामा गम्भीर घाइते ७ जनालाई एयर डाइनेटिक र नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

सामान्य ५ घाइतेको घटनास्थलबाट जिपमा जोमसोम ल्याएर उपचार भइरहेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भौगोलिक हिसाबले विकट भए पनि दुर्घटनालगत्तै नजिक पर्ने घमी प्रहरी चौकी, स्थानीय र ठेकेदार कम्पनीका अन्य मजदुरबाट उद्धार गरिएको जानकारी दिए। ‘गम्भीर बिरामीलाई हेलिकोप्टरमार्फत् जोमसोम ल्याएर सामान्य उपचारपछि काठमाडौं पठायौं, सामान्यको यही उपचार भइरहेको छ’, उनले भने, ‘घटनास्थलबाट सबै शवहरूलाई जोमसोम ल्याइएको छ।’

जोमसोममा शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाइने उनले जानकारी दिए। राष्ट्रिय प्राथामिकता प्राप्त बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नतिका लागि सडक विभागले कालीगण्डकी करिडोरअन्र्तगत जोमसोममा छुट्टै इकाइ खडा गरेर निर्माण कार्य तीव्र बनाएको छ।

चीनसँग सीमा जोडिएको कोरला नाकासम्म सडक सञ्जाल पु¥याउन मुस्ताङको भेनादेखि छैटेसम्मको २० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको छ। बेनी–जोमसोम–कोरलाको १ सय ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि विभिन्न खण्डमा छुट्टाछुट्टै ठेकेदारले काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.