रुकुम उद्योग वाणिज्य संघको अघिबेशन रोकियो

रुकुम उद्योग वाणिज्य संघको अघिबेशन रोकियो

मुसीकोट : शुक्रबार उद्घाटन हुने भनिएको रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन तथा साधारण सभा संस्थाको बिभिन्न आय–व्ययका बिषयमा कार्यसमितिबीच नै विवाद हुदाँ र साढे १ बर्ष अघि सम्पन्न प्रथम मध्यपश्चिम रुकुम महोत्सव २०७३ को आय–व्यय सार्वजनिक गर्न व्यवसायीले माग गरेपछि उद्घाटन हुन नपाई स्थगित भएको छ । 

व्यवसायी टेबबहादुर पुनको नेतृत्वमा रहेको रुकुम उद्योग बाणिज्य संघको विगत ३ बर्ष यताको आम्दानी तथा खर्चको कुनै लेखाजोखा नभएको पाइएपछि कार्यसमितिका पदाधिकारी र अन्य सदस्य बीच विगत केही समयदेखि नै विवाद थियो । विवाद यतिबेला सतहमा आएको छ । उद्योग बाणिज्य संघका सदस्य वसन्त खड्काले दिएको जानकारी अनुसार रुकुम उद्योग वाणिज्य संघले तीन बर्षमा झण्डै ४० लाख जति संस्थागत आम्दानी गरेको र २० लाख खर्च भएको प्रारम्भीक आँकलन गरिएको छ । तर, आम्दानी र खर्चको कुनै आधिकारिक कागजात नहुदाँ बाँकी २० लाख कहाँ छ र खर्च भएको २० लाख कसरी, के कामका लागि, कहाँ खर्च भयो भन्ने अलमल रहेको छ । 

अध्यक्ष पुन र कोषध्यक्ष राजन पुनबीच विवाद हुदाँ आय–व्यय सार्वजनिक हुन नसकेको सदस्य खड्काको दावी छ । ‘संस्थाभित्रै विवाद भयो । दुई हजार भन्दा बढी रकम अध्यक्षले आफ्नो ढंगले चलाउन नपाउने व्यवस्था भएपनि यो नियम कार्यन्वयन भएन र अहिले यो अवस्था आयो ।’ उनले भने, ‘तर सबै कुरा मिलाउनेगरी छलफल अगाडि बढेको छ । संम्भवत चाडै यसको समाधान निस्केर कार्यक्रम अगाडि बढ्छ ।’

त्यस्तै २०७३ फाल्गुण १२ गतेदेखि २२ गतेसम्म रुकुम (पश्चिम)को सदरमुकाम मुसीकोटमा पहिलोपल्ट आयोजना गरिएको महोत्सवको पनि खर्च र आम्दनी कुनै पनि कुरा अहिलेसम्म सर्वजनिक नभएको भन्दै पटक–पटक उद्योग वाणिज्य संघको आलोचना हुने गरेको थियो । अधिवेशन उद्घाटनका क्रममा उपस्थित अन्य व्यवसायीले यसको हर–हिसाव सार्वजनिक गर्न माग गरेपछि पनि यतिबेला यो पनि विवाद थपिएको छ । व्यवसायीका स्टल, प्रायोजक र टिकट बिक्री लगायतबाटै लगभग ५२ लाख अम्दनी भएको अनुमान गरिएपनि यसको पनि यतिबेलासम्म कुनै आधिकारिक कागजात भने भेटिएको छैन । 

महोत्सवको सचिवाललयले आम्दानी भन्दा ८ लाख बढी अर्थात कुल ६० लाख खर्च भएको बताएको छ । तर कहाँ, कसरी खर्च भयो भन्ने बारेका कागजात सबै गायव गरिएकाले हिसाव गोलमाल देखिएको स्रोतले बताएको छ । 

रुकुम उद्योग वाणिज्य संघका वर्तमान महासचिव नवराज गिरी र कोषध्यक्ष राजन पुनले छुट्टाछुट्टै प्यानल बनाएर अगामी कार्यसमितिमा अध्यक्षका लागि दावीसहित चुनावी मैदानमा आउने गरी तयारी थालेका छन् । रुकुमका एक व्यवसायी तथा रुकुम उद्योग वाणिज्य संघका संस्थापक मध्येका एक हेमराज श्रेष्ठले जसरी पनि अहिलेसम्मको हर–हिसाव जुनसुकै हालतमा पनि सार्वजनिक गर्नुपर्ने बताउदै यसका लागि आफूहरुले आवश्यक दवाव दिइरहेको बताए । उता रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले आर्थिक बिषयमा केही विवाद भएपनि यो खासै ठुलो विवाद नभएको र यो सब मिलाएर चाडै अधिवेशको कार्यक्रम अगाडि बढ्ने बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.