नेपालगन्ज उपमहानगर खुल्ला दिशामुक्त घोषणा

नेपालगन्ज उपमहानगर खुल्ला दिशामुक्त घोषणा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका खुल्ला दिशा मुक्त घोषणा भएको छ । नगर प्रमुख डा.धवल शम्शेर राणाले शनिबार उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा खुल्ला दिशामुक्त घोषणा गरेका हुन् । 

उपमहानगरपालिकाका २३ हजार तीन सय २८ सबै घरधुरीमा शौचालय निर्माण भएको जानकारी दिँदै नगर प्रमुख राणाले जनतासमक्ष १३ बुँदे प्रतिबद्धता गरेका थिए । जसमा खुल्ला ठाउँमा दिशा नगर्ने, सेफ्टी ट्याङ्कीको पाइप नालामा नमिसाउने र फोहर व्यवस्थापनमा नगरवासीले हातेमालो गरेर सघाउने छन् ।

 खुल्ला स्थानमा दिशा गर्ने वा सेफ्टी ट्याङ्कीको पाइप नालामा जोड्नेलाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र पटक–पटक अटेर गरेमा पाँच हजार जरिवाना गरी सामाजिक बहिस्कार गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ । 

उपमहानगरमा २०७० सालदेखि वडा नं. २४ को शिवशक्ति टोलबाट खुल्ला दिशामुक्त अभियान सुरु गरिएको थियो । पहिलो पटक वडा नं. २ र ५ खुल्ला दिशामुक्त घोषणा गरिएको अभियानका फोकल पर्शन ओविराज आचार्यले बताए । अभियानका क्रममा उपमहानगरले विपन्न परिवारका झण्डै १ हजार ४ सय घरलाई शौचालय निर्माणका लागि सहयोग गरेको थियो । 

बाँके जिल्लामा ०६५ सालदेखि नै खुल्ला दिशामुक्त अभियान सुरु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका बाहेक सबै स्थानीय तह खुल्ला दिशामुक्त घोषणा भइसकेको जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव राजकुमार चौधरीले जानकारी दिए ।

उनले भने, ‘उपमहानगर मात्र खुल्ला दिशामुक्त हुन बाँकी थियो । अब आगामी २८ असारमा बाँके जिल्ला नै खुल्ला दिशामुक्त घोषणा गर्ने कार्यक्रम छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.