पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन  नेपालगन्जमा

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन  नेपालगन्जमा

नेपालगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार ७२औं जन्मदिन नेपालगन्जमा मनाएका छन् । पूर्वराजा शाहले बिहान ८ बजे नेपालगन्जको बागेश्वरी मन्दिरमा पूजा गरेका थिए । झन्डै आधा घण्टा उनको पूजा चलेको थियो । बागेश्वरी पुगेका शाहलाई भेट्न मन्दिर परिसरमै शुभेच्छुकको ओइरो लागेको थियो । 

उनले विहानदेखि दिउँसोसम्म गरी साढे तीन घण्टा कारकाँदोस्थित चार तारे होटल सोल्टीमा शुभेच्छुकसँग जन्मदिन मनाएका थिए । होटलमा विहान १० बजेदेखि १ः३० सम्म शुभेच्छुकलाई शुभकामना दिने समय मिलाइएको थियो ।

 शुभकामना दिन पूर्वमन्त्री जगत गौचन लगायतका दरबारका निकटका व्यक्तिहरुको टोली काठमाडौंबाट नेपालगन्ज आएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले पनि पूर्वराजा ज्ञानेन्द्रलाई बधाई तथा शुभकामना दिएका थिए ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देवकोटाका अनुसार पूर्वराजाको जन्मदिनमा राजधानीमा देखिने अधिकांश व्यक्ति नेपालगन्ज आएका छन् । 
बुधबार पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी नातिनातिनासमेत स–परिवार विमानबाट नेपालगन्ज आएका हुन् ।

छोरा पारस भने गाडीबाट आएका थिए । शाहको जन्म दिन मनाउन नेपालगन्ज–२ का भुवनकृष्ण श्रेष्ठको संयोजकत्वमा नागरिक मूल समारोह समिति र विभिन्न उपसमितिहरु नै गठन गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.