वर्षाका कारण रुकुम पूर्वको यातायात अवरुद्ध

वर्षाका कारण रुकुम पूर्वको यातायात अवरुद्ध

रुकुम पूर्व : भारी वर्षाका कारण रुकुम पूर्वको यातायात अवरुद्ध भएको छ। यातायात सेवा अवरुद्ध भएपछि स्थानीय हिँडेरै गन्तव्यतर्फ जान बाध्य छन्। रुकुम पूर्वलाई रुकुम पश्चिम र राप्ती लोकमार्गसँग जोड्ने मध्यपहाडी लोकमार्गको मुसकिोट-रुकुमकोट सडकखण्डको किटेनी र खोपिचारमा गएको पहिरोका कारण यातायात अवरुद्ध भएको हो। 

लोकमार्गकै अन्य स्थानमा पनि पहिरो झरेको छ। लोकमार्गको पश्चिम खण्ड मात्रै नभएर पूर्व खण्डका विभिन्न भागमा पनि पहिरो जाँदा र खोला बढ्दा सदरमुकाम रुकुमकोटसम्म आएर सेवा लिन सर्वसाधरणलाई कठिन भएको स्थानीय गोपाल रेउलले जानकारी दिए। 

रुकुम पुर्वका बिभिन्न स्थानहरु जोड्ने सबै सडक कच्ची छन् भने जिल्लाकै बिभिन्न सडक खण्डमा पर्ने दर्जनौं खोलामा मोटरेवल पुल पनि नभएका कारण पनि खोला बढेर हरेक बर्ष बर्खा याममा खोलाहरु बढ्दा यातायात अवरुद्ध हुने गरेको छ। 
 
यातायात अवरुद्ध हटाउन ठाउँठाउँमा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।उनले भने,' अवरुद्ध सडक खोलिने प्रयास भइरहेको छ,जतिसक्दो चाँडो यातायात सूचारु गरिनेछ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.