कर्णालीमा बिप्लवको बन्द, प्रहरी स्कर्टिङमा सवारी सुचारु

कर्णालीमा बिप्लवको बन्द, प्रहरी स्कर्टिङमा सवारी सुचारु

कालिकोटः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको कर्णाली बन्दका क्रममा प्रहरीले स्कर्टिङ गरेर सवारी साधन सुचारु गराएको छ । 

कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–सुर्खेत राजमार्गमा नेकपाको बन्दका कारण प्रहरी स्कर्टिङा गाडी चलाइएको हो । गत शुक्रबार मुगुमा भएको नेकपाको कार्यक्रममा प्रहरीले गोली चलाएको विरोधमा कर्णाली बन्द आह्वान गरिएको थियो । 

बन्दको समयमा सवारी साधन तथा यात्रुको सुरक्षालाई मध्यनजर गरी प्रहरीले स्कर्टिङमा कर्णाली राजमार्गमा यातायात सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख सुबासचन्द्र बोहोराले जानकारी दिए । 

‘सोमबारको बन्दले कर्णाली राजमार्ग अबरुद्ध भएन । यात्रुको समस्यालाई मध्यनजर गरी प्रहरीले स्र्कटिङ गरेर यातायात सेवा सञ्चालन भएको छ’, उनले भने । सोमबार दिउँसो प्रहरीले सुर्खेत–नेपालगञ्जबाट कालिकोट–जुम्लाका लागि आएका करिब १५ वटा गाडी दैलेखको सिमाना दैखोलादेखि जुम्लाको सिमाना नाग्मा बजारसम्म र नाग्माबाट करिब १२ वटा गाडी दैलेखको सिमाना दैखोलासम्म स्र्कटिङ गरी पुगाएको छ । 

नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले मुगुमा नेकपाको सांस्कृतिक कार्यक्रममा भएको हस्तक्षेपको विरोध तथा गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गराउन बन्द गरिएको बताए । 

उनले गिरफ्तार कार्यकर्ता रिहा नगरे कडा आन्दोलन गर्ने बताएका छन् । उनका अनुसार मुगुकै घटनाको बिरोधमा सोमबार कर्णाली बन्द आह्वान गरिएको हो । कर्णाली करिडोरमा यातायात अवरुद्ध हुनुका साथै स्थानीय तहको काम पनि प्रभावित भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.