पोखरा–केरुङ सीधा यातायात

पोखरा–केरुङ सीधा यातायात

पोखरा : पोखराका पर्यटन व्यवसायीले उत्तर छिमेकी चीनबाट पर्यटक भित्र्याउन पोखराबाट केरुङ नाकासम्म यातायात सेवा सञ्चालन गर्ने भएका छन् । पोखराबाट २ सय ६० किलोमिटर दूरीको नेपाल चीन नाका रसुवागढीसम्म सवारी सधान चलाएर चिनियाँ पर्यटक ल्याउने पर्यटन यातायात समिति पोखराका अध्यक्ष बोबरजंग गुरुङले बताए ।

केरुङ नाकाबाट चिनिया पर्यटक भित्यारउन सम्भावनाको अध्यनका क्रममा पोखराका पर्यटन व्यवसायी रसुवागढीसम्म पुगेर तत्कालै जिप, स्कोरपियोजस्ता सुविधासम्पन्न साना सवारीसाधन चलाउने निर्णयमा पुगेका हुन् । चीन नेपाल जोड्ने सबैभन्दा छोटो रसुवागढी नाकाबाट चिनिया पर्यटक पोखरासम्म भिœयाउन चीनमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिने पर्यटन यातायात समिति पोखराका अध्यक्ष गुरुङले बताए ।

रसुवागढी नाका खुलेसँगै रसुवा, नुवाकोटमा आन्तरिक पर्यटकका चिनियाँ पर्यटकको आगमन बढेको रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताए । रसुवाको धुन्चेमा भएको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै लामिछानेले रसुवागढी नाका नेपालकै पर्यटन विकाका लागि कोसेढुंगा रहेकाले पोखराका पर्यटन रसुवा, नुवाकोट र पोखराको पर्यटन विकासमा सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।

गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले रसुवागढी नाकासम्मका साँघुरा सडकको ४ करोड ५० लाख रुपैयाँमा सडकको स्तरोन्नतिको काम भइरहेको बताए । धार्मिक पर्यटकको आकर्षणको केन्द्र गोसाइँकुण्ड, तमाङ संस्कृति र प्राकृतिक विविधताको धनी रसुवामा चीन जोड्ने अन्तर्राष्ट्रिय नाका खोलेपछि नेपालकै पर्यटन विकासको ढोका खोलिएको उनले बताए ।

चिनियाँ पर्यटकको साथै आन्तरिक पर्यटनको विकासका लागि रसुवा, नुवाकोट र पोखराका पर्यटन व्यवसायी सहकार्य गरेर अघि बढ्नुपर्ने पोखरा यातायात समितिका महासचिव नवराज अधिकारीले बताए । पोखरामा रहेर पर्यटन व्यवसाय गरिरहेका चिनियाँ पर्यटन व्यवसायी पनि यो नाका खोलेसँगै चिनियाँ पर्यटक भिœयाउन उत्साहित भएका छन् । केरुङ नाकाबाट चिनिया पर्यटन भिœयाउन नेपाल पर्यटन बोर्डले थप प्रवद्र्धनात्मक कार्य गर्न नेपाल पर्यटन बोड पोखराका प्रमुख सूर्य थपलियाले बताए ।

केरुङ नाका खुलेसँगै अफसिजन मानिएका असार, साउन, भदै महिना चिनियाँ पर्यटकले भरिभराउ हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ । नेपाल चीन जोड्ने केरुङ नाका नयाँ भएकोले चीनमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्नु पर्ने पोखरा पर्यटन परिषद्का सचिव नवराज अधिकारीले बताए । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि घटेको चिनियाँ पर्यटकको आगमन अझै पनि पहिलेकै अवस्थामा फर्कन सकेको छैन । यसैले चिनिया पर्यटक भित्रयाउन नयाँ उपाय खोजीमा पोखराका पर्यटन व्यवसायी लागेका हुन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.