माइतीघरमा बिरामी जाँच्दै डाक्टर (फोटो फिचर)
काठमाडौं: जुम्लाको खलङ्गामा दुई सातादेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारबाट माइतीघरमण्डलामा बहिरङ्ग सेवा दिन थालेका छन् ।
सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघरमण्डलामा शुक्रबार दिउँसो जम्मा भएका चिकित्सक र विद्यार्थीहरूले 'डा. गोविन्द केसीको माग पुरा गर्', 'मेडिकल माफिया होसियार', 'एक दुई तीन चार, हामी मान्ने छैनौँ हार', 'डा. केसीको अनशन, माफियालाई टेन्सन', 'माफिया पोस्ने सरकार चाहिँदैन' सहितका नारा लगाउँदै बिरामी पनि जाँचेका थिए ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा विद्यार्थीहरुले डा केसीको समर्थनमा सांकेतिक विरोध थालिएको बताएका छन् । उनीहरुले माइतीघरमै ओपिडी पनि सांकेतिक विरोधका लागि सुरु गरिएको बताए ।






प्रतिक्रिया दिनुहोस !