एकै नगरपालिकाको दुई नगरसभा, जनप्रतिनिधि पनि दुर्इतिर विभाजित

एकै नगरपालिकाको दुई नगरसभा, जनप्रतिनिधि पनि दुर्इतिर विभाजित

दुनै, डोल्पाः  ठुलीभेरी नगरपालिकामा २ वटा नगरसभा हुने भएका छन् । नगरपालिकाको केन्द्र विवादका कारण नगरप्रमुख र उपप्रमुखबीच मत बाझिँदा नगरसभा पनि दुवैतिर हुने भएको हो । 

जुफाल केन्द्रका नगरप्रमुख गणेशबहादुर शाहीले सडक र कृषिलाई विषेश प्राथमिकतामा राख्दै शुक्रबार नगरसभा गरेका छन् । उनले आर्थिक वर्ष २०७५÷०७६ को चाुल र पँजीगततर्फ गरी कुल बजेट २८ करोड ९१ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरेका छन् । 

नगरपालिकाको ५१ सदस्यमा २७ सदस्यसहितको बहुमत सदस्यको संख्याले  नीति तथा कार्यक्रम पारित गरेको नगरप्रमुख शाहीले जानकारी दिए । यता दुनै केन्द्रका पक्षमा २५ जना सदस्य रहेका छन् । तर नगरकार्यपालिकाका २१ सदस्यमध्ये १३ जना उपप्रमुखको पक्षमा रहेकाले दुनैमा पनि उपप्रमुखले ३१ गते नगरसभा गर्ने तयारी गरेका छन् । 

केन्द्र विवादका कारण गत फागुनदेखि ठुलीभेरी नगरपालिकामा योजनाका काम भन्दा आन्दोलन र बहुमत आफनो पक्षमा राख्न जनप्रतिनिधि तल्लिन रहेको नागरिकको गुनासो रहेको छ । 
केन्द्रको विवादकाबीच नगरप्रमुख शाहीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बारम्बार पत्राचार गरी पहल गरेपनि दुनै पक्षका जनप्रतिनिधि नआएपछि जुफाल केन्द्रमा नगरसभा सम्पन्न गरिएको नगरप्र्रमुख शाहीले बताए । नगरपालिकाको केन्द्र अघिल्लो वर्ष असार ३१ गते नगरसभाको बहुमतले तोकेका कागजात पेश भएपछि फागुन १४ गते राजपत्रमा प्रकाशित भइसकेको छ । 

२९ गते जुफाल केन्द्रमा नगरप्रमुखले युवालाई कृषिमा आत्मनिर्भर पार्न साहुलियत ऋण, तरकारी तथा फलफूल खेतीमा अनुदान दिनेसहितका कार्ययोजना ल्याएका छन् । त्यसका साथै १७ वटा कानुनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत केशब सुनारले जानकारी दिए । 

जुफाल केन्द्रमा भएको नगरसभा बहिष्कार गरेका उपप्रमुखसहित १, २, ३, ४, ६, १० र ११ का वडाअध्यक्ष र कार्यपालिकाका सदस्यहरुले भने दुनैमा सोमबार नगरसभा गर्ने उपप्रमुख योगेन्द्रबहादुर शाहीले जानकरी दिए । 

कार्यपालिकाका बहुमत सदस्यले पारित गरेको नीति तथा कार्यक्रमलाई नगरसभामा प्रस्तुत गरिने बताउँदै त्यो कानुनसंगत पनि हुने तर्क शाहीले गरेका छन् । उनले जुफालमा शुक्रबार भएको नगरसभा ऐन बिपरित भएको पनि जिकिर गरेका छन् । 

केन्द्र विवादका कारण नगरसभा बस्न नसक्ने भएपछि संघीय मामिला मन्त्रालयले २६ गते जिल्ला समन्वयले समन्वय गरि नगरसभा गराउन पत्राचार गरे पनि नगरप्रमुखले नगरसभा जुफालमा सम्मपन्न गरिसके भने उपप्रमुख सोमबार गर्दैछन् । 

जिल्ला समन्वय समितिले दुवै पक्षलाई समन्वय गर्न नसकेपछि मन्त्रालयमा नसकिने पत्राचार गरिसकेको जानकारी दिएको छ । केन्द्र विवादका कारण नगरपालिकाका २ र ३ वडाका योजना सम्झौता नै भएका छैन भने अन्य केही वडाका योजना समेत सम्पन्न हुन सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.