डा.केसीको घाँटी र नसामा संक्रमण

डा.केसीको घाँटी र नसामा संक्रमण

 जुम्ला : अनशनरत डा.गोविन्द केसीको घाँटी र नसामा संक्रमण देखिएको छ । १५ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा.केसीको शनिबार स्वास्थ्य अवस्था जाँच घाँटी र हातका नसामा संक्रमण देखिएको चिकित्सकहरूले बताए ।

स्लाइन दिन खोलिएको केसीको हातको नसामा संक्रमण भएपछि सुन्निएका छन् । घाटी संक्रमणले केसीको घाँटी दुख्ने, खसखसाउने र खोकी लाग्ने समस्या देखिनुका साथै आवाज पनि सामान्य परिवर्तन भएको छ । एन्टिबायोटिक्स प्रयोग नगर्ने केसीको अडानका कारण स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको छ । डा.केसीको सेतो रक्त कोसिकाको संख्या घट्दो छ । केसीको उपचारमा संलग्न चिकित्सक तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाका अनुसार नसाको संक्रमण देखिएपछि केसीलाई अर्को नसाबाट स्लाइन दिने तयारी भइरहेको छ । उनको घाँटीलाई न्यानो पारी राखिएको छ ।

‘सरकारले वार्ता टोली नबनाएको भनी आक्रोशित भएका केसीले भद्र अवज्ञा स्वरुप कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएको छैन, जसका कारण उहाँको स्वास्थ्य अवस्था बारे विस्तृत जानकारी लिन सकेका छैनौं’, उनले भने ।

भेन्टिलेटरसहित आवाश्यक औषधिको ब्यवस्था

डा.केसीको बिगँ्रदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने आवाश्यक उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ । शनिबार बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएका कारण चिकित्सकको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर अनशन स्थलमा राखेको हो ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाका अनुसार इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ । ‘हामीसँग आईसियुको ब्यवस्था नभएपनि भेन्टिलेटर थियो, तर प्रयोगमा थिएन’ उनले भने, ‘केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भेन्टिलेटर तयारी अवस्थामा राखेका छांै ।’

सरकारलाई वार्ताका लागि जुम्ला आउन सुझाव

डा.केसीले सरकार वार्तामा आएर आफ्नामा माग पूरा गर्न तयार हुनुपर्ने अडान जारी राखेका छन् । आफूले उठाएका मुद्दा तीन करोड नेपालीको हितमा भएको भन्दै सरकार वार्ताका लागि जुम्ला आएर आफ्ना माग पुरा गर्न हिचकिचाउन नहुने केसीका तर्क छ ।

सरकार जुम्लामा आएर वार्तामा नबसे आफू काठमाडांै नफर्कने केसीको भनाइ छ ।

‘माग सुनुवाईका लागि हामी सरकारसँग वार्ता गर्न तयार छांै, तर सरकार वार्ताबाट अनशन टुंग्याउनतर्फ लाग्नुको सट्टा दुई तिहाइ बहुमतको दम्भ देखाउँदैछ’ डा. केसीका भाई किशोर केसीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.