केसीको अनशनस्थलमा गोली चल्यो, एक प्रहरी घाइते

केसीको अनशनस्थलमा गोली चल्यो, एक प्रहरी घाइते

जुम्लाः प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । डा. केसीको अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ पठाउन गएका प्रहरीको टोली तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको हो । 

प्रहरीले चलाएको गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचारर गरिरहेका छन् । 

डाक्टर केसीलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर बिहानै जुम्ला पुगिसकेको छ । केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो । 

झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.