‘रणभूमि’ बन्यो कर्णालीको अस्पताल (फोटो फिचर)

‘रणभूमि’ बन्यो कर्णालीको अस्पताल (फोटो फिचर)

जुम्लाः प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 'रणभूमि'मा परिणत भएको छ । बिहानैदेखि डाक्टर केसीलाई प्रतिष्ठानबाट निकालेर काठमाडौँ पठाउन प्रयासरत प्रहरी र केसीका समर्थक तथा विद्यार्थीहरुबीच झडप हुँदा अस्पताल 'रणभूमि' बनेको हो । 

केसी अनशनरत प्रतिष्ठानमा पस्न खोजेका प्रहरीलाई रोक्न भेला भएका विद्यार्थीसँग झडप हुँदा दर्जनौँ घाइते भएका छन् । झडपका क्रममा गोली चल्दा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । छातीमा गोली लागेका उनको अहिले प्रतिष्ठानमै उपचार भइरहेको छ । 

झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा अस्पतालका भौतिक सामग्री क्षतिग्रस्त भएका छन् । अस्पतालभित्र झडपका क्रममा अश्रुग्याससमेत हानिएपछि विद्यार्थीहरुबीच भागाभाग भएको छ । झडपका क्रममा दर्जनौँ विद्यार्थी घाइते भएपछि अनशनर डा केसीले आफूले विद्यार्थीको रगत बगेको देख्न नसक्ने भन्दै काठमाडौँ जान तयार भएको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.