दोलखामा ३६ हजार घर पुनर्निर्माण

दोलखामा ३६ हजार घर पुनर्निर्माण

चरिकोट : निजी आवास पुनर्निर्माण सुरु भएको २८ महिनामा दोलखा जिल्लामा साढे ३६ हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाको ०७५ असार मसान्तसम्मको तथ्यांकअनुसार कुल सम्झौता गरेका लाभग्राहीमध्ये ३६ हजार ६ सयले निजी आवास पुनर्निर्माण सम्पन्न गरेका हुन्।

 निजी आवास पुनर्निर्माणका लागि असार मसान्तसम्म दोलखामा ६० हजार ७ सय ४६ ले अनुदान सम्झौता गरेको प्राधिकरण चरिकोटले जनाएको छ। निजी आवास अनुदानका लागि कोष तथा लेखानियन्त्रण कार्यालय चरिकोटबाट हालसम्म १३ अर्ब ५० करोड ५९ लाख रुपैयाँ निकासा भएको पाइएको छ।

दोलखा जिल्लाका ६० दशमलव २५ प्रतिशतले निजी आवास पुनर्निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चरिकोटका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए। असार ३१ गतेसम्मको प्रगति प्रतिवेदनअनुसार ४७ हजार ७ सय ६७ लाभग्राहीले दोस्रो किस्ता लिएको पाइएको छ। त्यसैगरी, ५८ हजार ६ सय १७ ले पहिलो किस्ताबापतको अनुदान बुझेको कार्यालयको तथ्यांक छ। प्रवलीकरणतर्फको सूचीमा परेका ६ सय ३७ लाभग्राहीमध्ये १५ जनाले मात्र सम्झौता गरेको पाइएको छ।

भूकम्पप्रतिरोधी भवन निर्माण मापदण्ड स्वीकृत हुनुअघि नै निर्माण सम्पन्न भइसकेका २ हजार ८ सय ९० घरमध्ये १ हजार ९८ घरको पनि विभिन्न किस्ताका लागि सिफारिस भइसकेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए। निजी आवास पुनर्निर्माणका लागि बालुवा, गिट्टी, ढुंगासहित निर्माण सामग्री अभावका कारण जिल्लाका कतिपय भूकम्प प्रभावित अझै अन्योलमा परेको कार्यालय प्रमुख आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.