सिद्धबाबामा मोटरसाइकल दुर्घटनामा बाबुछोराकै मृत्यु

सिद्धबाबामा  मोटरसाइकल दुर्घटनामा बाबुछोराकै मृत्यु

पाल्पा : सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा ट्रकले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका-२ आपटारीका ५० वर्षीय माधवकुमाल र १९ वर्षीय उमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले बताए।मृतक दुवैजना बाबुछोरा हुन्। 

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले अगाडी गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको हो। 

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकबाट करिब दुई सय मिटर तल तिनाउँ नदीमा खसेको थियो। ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.