पश्चिममा मल आपूर्ति सहज

पश्चिममा मल आपूर्ति सहज

भैरहवा : खेती गर्ने सिजनमा प्रायः मल अभावले हैरानी खेप्दै आएका पश्चिम नेपालका किसानहरू यस वर्ष भने समयमै आपूर्ति भएपछि खुसी भएका छन्।

सरकारले भारत र चीनबाट ग्लोबल र जीटीजी टेन्डरमार्फत मल ल्याउने प्रक्रियामा ढिलाइ गर्दा प्रायः सिजनमा मल अभाव हुने गथ्र्यो। तर यस वर्ष भने समयमै मल आयात हुँदा किसानहरूले आवश्यकताअनुसार मल पाएका छन्। कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका प्रबन्धक राजेन्द्रबहादुर कार्कीले टेन्डर प्रक्रिया र आयात समयमै हुँदा किसानले प्रशस्त मल पाएको बताए।

मल नपाउँदा सधै‌ हैरानी खेप्दै आएका किसान सिजनका बेला समयमै रासायनिक मल पाउँदा उत्पादन वृद्धि हुने भन्दै खुसी भएका हुन्। विगतमा मल आयात समयमै नहुँदा सीमा नजिकका केही किसानले भारतीय बजारबाट गुणस्तर र पोषकतŒव कम भएको रासायनिक मल खरिद गर्ने गर्थे। जसले खर्च बढी हुने र उत्पादन कम हुने गरेको थियो। पश्चिमाञ्चलका लागि रासायनिक मल कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवा र साल्ट टे«ड्रि कम्पनीले आपूर्ति गर्दै आएका छन्।

उत्पादन क्षेत्रअनुसार मल उपलब्ध गराउन सधैं धौधौ हुने गथ्र्यो तर यस पटक सहजै किसानहरूले मल पाएका छन्। क्षेत्रीय प्रबन्धक कार्कीले भने, ‘समयमै मल उपलब्ध भएपछि उत्पादनमा वृद्धि त हुन्छ नै सीमा क्षेत्रका किसानहरूले भारतीय बजारबाट खरिद गरेर ल्याउने गुणस्तरहीन मल प्रयोग हुनबाट पनि रोकिएको छ।’

यतिबेला धान रोप्ने सिजन हो। कृषि प्राविधिकका अनुसार डीएपी, युरिया र पोटास प्रतिकठ्ठा ३ः२ः१ को समि श्रणमा राख्नुपर्छ। जसले उत्पादन र उत्पादकत्व बढाउँछ। धानको उत्पादन वृद्धिका लागि डीएपी र पोटास रोप्नुपूर्व खेतमा हाल्नुपर्छ। पोटास नराख्दा धानमा किरा लाग्ने हुनाले उत्पादनमा ह्रास आउन सक्छ। पोटासले किरा मार्न र माटो खुकुलो पार्न मद्दत गर्छ। युरिया धान रोपेपछि कम्तीमा तीन पटक प्रयोग गर्नुपर्छ। धान रोपेपछि १५÷२० दिनपछि पहिलो पटक र दोस्रो पटक ठिक २० दिनपछि एवं तेस्रोपटक धानको बाला लाग्ने बेलामा युरिया मल प्रयोग गर्नुपर्छ। जसले उत्पादन निकै बढ्ने गर्छ।

गैडहवा गाउँपालिकाका किसान नारादमुनी यादवले समयमै मल पाउँदा आफूहरू हर्षित भएको बताए। ‘मलकै लागि कृषि सामग्री र साल्ट ट्रेडिङमा महिनौं दिनसम्म धाउन हामी बाध्य हुन्थ्यौं तर अहिले भने समयमै पाएका छौ’, उनले भने, ‘कृषि उत्पादनलाई बढाउन सरकारले अहिले जस्तै किसानलाई समयमै मल उपलब्ध गराउन जरुरी छ। उनले यस वर्ष समयमै मल पाउँदा किसानहरूले उत्पादनमा वृद्धि हुने अपेक्षासमेत व्यक्त गरे।

कृषि सामग्री कम्पनीले यस वर्ष पश्चिमका सबै जिल्लामा युरिया, डीएपी र पोटास पठाइसकेको छ। कम्पनीले यस वर्ष युरिया ५६ हजार ४८ टन खरिद गरेको थियो। जसमा ४१ हजार एक सय ८८ टन मल विभिन्न जिल्लामा पठाइएको छ भने कार्यालयबाट १४ हजार २ सय ६८ टन बिक्री गरिएको छ। अझै तीन हजार २१ टन स्टक छ। यस्तै डीएपी ३१ हजार ३ सय ६९ टन आयात गरिएको थियो। जसमा २४ हजार ३ सय ६० टन बाहिरी जिल्लामा पठाइएको छ भने कार्यालयबाट ७ हजार १० टन बिक्री गरिएको र ५० टन अझै स्टक रहेको क्षेत्रीय प्रबन्धक कार्कीले बताए। पोटास २ हजार ३ सय २० टन खरिद गरिएको थियो। जसमा १ हजार ४ सय ९९ टन बाहिरी जिल्ला पठाइएको छ भने ३ सय ६८ टन बिक्री गरिएको र ४ सय ५३ टन अझै स्टक रहेको कार्यालयले जनाएको छ।

कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष नेपालमै पर्याप्त मल पाइएकाले भारतीय बजारबाट खरिद शून्य भएको छ। अवैधानिक रूपमा भारतबाट आयात गरिएको गुणस्तरहीन मलले उत्पादनमा ह्रास आउन थालेको भन्दै कृषि विज्ञहरूले चिन्ता गरेपछि सरकारले यस वर्ष सममयै मल आयात गरेर सीमा क्षेत्रमा कडाइसमेत गरेको थियो। जसले गर्दा पनि भारतीय बजारबाट मल खरिद गर्दै आएका सीमा क्षेत्रका किसान अहिले नेपालमै खरिदका लागि पुग्ने गरेका छन्।

०००

कृषि सामग्री कम्पनीमा स्टकमा राखिएको मल। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.