सडकमै जथाभावी पार्किङ

सडकमै जथाभावी पार्किङ

 तुलसीपुर : दाङका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ । भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । जिल्लाका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुबाङ लगाएतका ठाँउमा अझैपनि व्यवस्थीत पार्किङ छैन।

अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १० स्थानीयतहमा ५ वटा शहरी क्षेत्रमा छन । भने ५ स्थानीय तह ग्रामिण क्षेत्रमा छन । १० वटै स्थानीय तहमा ब्यवस्थित पार्किङ छैन । अहिले पार्किङ दाङका ठूला तथा साना सहरहरुको मुख्य चुनौती बन्दै गएको छ । अहिले पार्किङ समस्याले बाटो हिडने बटुवा देखि शहर छिर्ने सवारी साधनहरुलाई समेत समस्या र सास्तीमा पर्दै आएका छ ।

स्थानीय तहको चुनावको समयमा निकै उठाइएको स्मार्ट सिटी सपना दाङका शहरमा पार्कीङका कारण चुनौती समेत बन्दै गएको छ । अव्यवस्थित पार्कीङले अहिले बजारको सुन्दरतामा नै ह्रास आएको छ । बजारमा व्यवस्थीत पार्किङका लागि गन्न सकिने ठाँउ मात्र छ । तर त्यस ठाँउमा पनि पार्किङ व्यवस्थित भएको देखिदैन ।

जिल्लाका ठूला शहर तलसीपुर, घोराही र लमहीमा पार्किङको अवस्था अस्तब्यस्त रहेको छ । शहरोन्मुख विजौरी, नारायणपुर, गढवा, भालुवाङ, हापुरेमा त झन पार्किङ ब्यवस्थापनमा ध्यान दिन सक्ने अबस्था छैन । निर्वाचित जनप्रतिनिधिहरु आएको एक वर्ष विति सकदा पनि यो समस्या समाधान गर्नलागि त्यति चासो दिएको देखिएको छैन । शहरी क्षेत्रमा बढिरहेका सवारी साधनहरुलाई व्यवस्थित गर्न सम्वन्धित निकाय मौन बसेका छन ।

अव्यवस्थित सवारी साधन र पार्किङको कुरामा स्थानीय तह र टा«फिक प्रहरी त्यति गम्भीर पनि देखिदैन । बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आबश्यक छ । अब्यवस्तिथत पार्किङले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन ।

तुलसीपुर उपमहानगरपालिकाले प्रभावकारी रुपमा सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफुहरुले सडकपेटिको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुको भनाई । तुलसीपुर क्षेत्रमा जथाभावि रुपमा पार्किङ गरेका गाडी मोटरको कारणले आफुहरुलाई सडकमा हिड्डुल गर्न हुने गरेका शिवा आर्चायले बताइन । लक्ष्मण परीयारको पनि समस्या यस्तै रहेको छ । सडकमा हिडंदा मोटरगाडिको बिचबाट हिडनु पर्ने बाध्यताले हैरान पारेको सुनाए । दिन प्रति दिन बढ्दो सवारी साधनको चापले आफुहरु दुर्घटनामा परिने होकि भन्ने सोच बेलाबेलामा आउने गरेको उनीहरुको गुनासो छ । मालवाहक सामान ओसारपसार गर्ने गाडी चालक किरण नेपालीले सवारी पार्किङको निश्चित स्थान तोकिएको भए आफुहरुले बिचबाटोमा गाडीहरु पार्किङ गर्नु पर्ने बाध्यता नआउने बताए ।

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले नगर क्षेत्रमा पार्किङको समस्या रहेको बताए । उनले पार्किङ स्थल भने छुट्टै क्षेत्र छुट्याउन नसकिएको बताए । कार्यापालिकाले केहि तयारी गरिरहेका र यसको ब्यवस्थापनको तयारी भइरहेको बताए । जनप्रतिनिधिहरुले अब यसमा चासो र क्रियाशीलता देखाएको जानकारी दिए । घोराही बजारमा पनि व्यवस्थीत पार्किङ स्थल नहुदा सार्वजनिक तथा निजी सवारीका साधन जहाँ पायो त्यही पार्कीङ हुने गरका छन ।

अव्यवस्थीत पार्कीङका कारण आवात–जावात गर्ने पैदलयात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सडकमा गुड्ने सवारी साधनलाई समेत अवरोध सृजना हुने गरको छ । जिल्ला ट्राफिक प्रहरीले व्यवस्थीत पार्कीङ नहँुदा कडाई गर्न समस्या भएको बताएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराहीमा अव्यवस्थीत पार्कीङलाई व्यवस्थीत बनाउन योजना बनाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.