मिलापत्र गर्न खोजिएको बलात्कार घटनामा बल्लबल्ल मुद्दा दर्ता

मिलापत्र गर्न खोजिएको बलात्कार घटनामा बल्लबल्ल मुद्दा दर्ता

गौशाला : पञ्चहरूले गाउँमा मिलाउन प्रयास गरेको बलात्कारको एक घटना अन्ततः प्रहरीमा दर्ता भएको छ। शौंच गरेर फर्किदै गरेकी सुस्त मनस्थितकी महिलामाथि एक साताअघि महोत्तरीको गौशाला नगरपालिका ६ फुलकाहामा भएङ्को बलात्कार घटनामा मिलापत्रको प्रयास असफल भएको हो।

बलात्कार आरोपमा स्थानीय २२ वर्षीय भिम भनिने संजीव साह विरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता भएको सई मेघराज प्रसाद चौरसियाले जनाए। महिलाको मेडिकल जाँच गरेर संकलित प्रमाण परीक्षणको लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ।

गौशाला नगरपालिका वडा नम्बर—६ का वडा अध्यक्ष नथुनी राउत र पीडित महिला पक्षतिरका टाठाबाठाले उजुरी दर्ता ढिलाई गरेर पीडकसँग घटना मिलाउन खोजेका थिए। अन्नपूर्ण पोस्ट्मा सार ६ गते ‘सुस्त मनस्थितिकी महिला बलात्कार, मिलापत्रको प्रयासले भागे अभियुक्त’ शीर्षकमा समाचार प्रकाशित भएपछि घटना मिलाउन खोज्नेहरू पछि हटेका थिए। पीडितले प्रहरीमार्फत पीडकविरुद्ध उजुरी दर्ता गराएका हुन्।

इलाका प्रहरी कार्यालय गौशाला मातहतमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा पीडतले पीडक विरुद्ध लिखित उजुरी हालेका हुन्। उजुरी हाल्न ढिलाई हुँदा फरार रहेका पीडक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.