चार वर्षपछि बाढीपीडितको पुनःस्थापना प्रक्रिया थालिँदै

चार वर्षपछि बाढीपीडितको पुनःस्थापना प्रक्रिया थालिँदै

सुर्खेत : चार वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका सुर्खेतका बाढीपीडितको पुनःस्थापना प्रक्रिया अगाडि बढ्ने भएको छ । कर्णाली प्रदेश सरकारले उनीहरूको पुनःस्थापनाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । समिति गठन भएसँगै चार वर्षदेखि अस्थायी शिविरमा त्रिपालमुनि बस्दै आएका बाढीपीडितको पुनःस्थापना हुने संकेत देखिएको हो ।

कर्णाली प्रदेश सरकारले उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको छ । उक्त समितिले बाढीपीडितको पुनःस्थापनाका लागि काम अघि बढाउने भएको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको हो । अब यही समितिले बाढीपीडितको पुनःस्थापनाका लागि आवश्यक काम सुरु गर्नेछ ।

उक्त समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पदेन सदस्य रहेनछन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सविच उक्त समितिको सदस्य सचिव हुने जनाइएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सुर्खेतलगायत जिल्लामा रहेका बाढीपीडितको पुनःस्थापनाका लागि उच्चस्तरीय समिति गठन गरिएको बताए । उनका अनुसार अब सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएर बाढीपीडितको पुनःस्थापना गर्नेछ ।

०७१ सालको साउनमा आएको बाढीका कारण सुर्खेतका नौ सयभन्दा बढी परिवार घरबारविहीन भएका थिए । चार वर्षसम्म बाढीपीडित जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविर स्थापना गरेर बसिरहेका छन् । उनीहरूको समस्याको स्थायी रूपमा समाधान गर्न उच्चस्तरीय समिति गठन गरिएको र सोही समितिले काम अगाडि बढाउने मन्त्री ज्वालाको भनाइ छ । ‘समितिले आफ्नो कार्यविधि बनाउँछ र संघीय सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नेछ’ ज्वालाले भने । समिति गठन गरिए पनि सरकारले उक्त समितिको कार्यअवधि भने तोकेको छैन । प्रदेश सरकारले समिति गठन गरेसँगै त्रिपालमा कष्टकर जीवन विताउँदै आएका बाढीपीडितले आफूहरूको पुनःस्थापना हुने आशा गरेका छन् ।

यसका साथै आइतवारको मन्त्रीपरिषद् वैठकले सार्वजनिक खरिद ऐन सम्बन्धि विधेयकको मस्यौदा बनाउनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेकोे छ । बजेट कार्यान्वयन गर्दा विकास निर्माणका आयोजना सञ्चालन गर्दा सार्वजनिक खरिद ऐनको आवश्यकता पर्ने भएकाले प्रदेशको अवस्था र आवश्यकता अनुसार ऐन निर्माण गर्न लागिएको मन्त्री ज्वालाले बताए । आइतबारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश मन्त्रिपरिषद्को लोगो निर्माण गर्ने निर्णय पनि गरेको छ । कर्णालीको पहिचान झल्किने गरी नेपालको नक्सामा कर्णाली प्रदेशको नक्सा चिनिने गरी अंकित हुने र त्यसमा नेपालको झन्डा देखिने गरी लोगो निर्माण गरिने मन्त्री ज्वालाले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.