एक सय ८ बस्ती पहिरोको उच्च जोखिममा

एक सय ८ बस्ती पहिरोको उच्च जोखिममा

कालिकोट : कालिकोटका १ सय ८ वटा बस्ती विपद्को उच्च जोखिममा रहेको पाइएको छ । कर्णाली विकास आयोगले निकालेको प्रतिवेदनअनुसार कालिकोटका १ सय ८ वटा बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेको पाइएको हो ।

जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको कालिकोटमा १ सय ८ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली विकास आयोगले तयार पारेको प्रतिवेदनअनुसार कालिका गाउँपालिकाको तल्लो दलित टोल, छात्ती, साउबाडा, पर्जै, चौलागाईंबाडा, माथिल्लो हाउडी, कालेबाडा, समलागाउँ, पचालझरना गाउँपालिकाको दलित टोल, खार्दु, जारकोट, कुड, तोलीभिर, मय, विषखेत, पातला गाउँपालिकाका राडुु, डोरी, तल्लो नेटा, सल्लीकोट, कुम, दुर्सी, बोक्चु, जिन्दर, तिब्गाड, मोहर, लखनबाडा, चुलाकोट, पारीखेत गाउँहरु पहिरोको उच्च जोखिमका रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, महावै गाउँपालिकाका कदमपुर, पदमघाट, सिमखेत, नकु, धामीबाडा, औलगेला, सइगेला, गणेशकोट, पान्तडी, कोटबाडा, सान्नीत्रिवेणी गाउँपालिकाका लुसा, सेरीज्युला, रकु, लुइयाँटा, कयारी, उजेलगाउँ, तिकुवा, बालुपाटा, तिलखुरेनी, पोरीवन, धामीगाउँ र नरहरिनाथ गाउँपालिकाका धारी, बडेमला, चाखुडे, डाँडाखर्क, घट्टेखोला, घोडेसिल्ला, खातीरूपसा, भेडेखोला, खलाबाडा, तामाखोला, मास्कोट, थाइमाडु, खार, उच्छव गैराटोल, दुदुल्ली पाकर टोल, खाडीकोट, बड्डाखला लालु, वसन्तपुर, साँझपानी, सितला, घट्टखोला बाढी र पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।

कालिकोटमा रहेको तीन वटा नगरपालिका मध्ये तिलागुुफा गाउँपालिकाका डाँडाभिग्म, नाग्मा, चुलिकोट, फोइमडीपानी, फोइधराली, राँचुली, खल्ला, धनाडा, छाप्रे, ओखरभित्ता, लुब्र, रानावाडा, माजुवाडा, खाँडाचक्र नगरपालिकाका पोरीपाली, सेरीघाट, दोहा, ओखलढुंगा, दाहा, बदालकोट र रास्कोट नगरपालिकाका न्यौपानेवाडा, चुडीमुल, पुछुडेवाडा, बुढीसैन, कुमलवाडा, स्युना, काप्रा, औल, सान्नीघाट, पुच्छेगाउँ, गैरागाउँ, बल्लेकाँध, बाखरकोट, पाटेडिल, बास्तोला, पालाँतीबाडा, बाइतीसिम पनि पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।

कालिकोटका कर्णाली र तिला नदी किनारका बस्ती उच्च जोखिममा रहेका तिनीहरू सुरक्षित वासस्थान र नदीकिनार नबस्न सबैलाई आग्रह गरिएको जिल्ला प्रशानस कार्यालय कालिकोट प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बताए । ‘बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती स्थानस्तरण गर्न पहल थालिएको छ ।’ उनले भने, ‘जोखिमयुक्त ठाउँमा नबस्न आग्रह गरेका छौं ।’ कालिकोट जिल्लामा सन् १९७७ देखि सन् २०१८ सम्म बाढी तथा पहिरोमा परि ६० जनाले ज्यान गुमाएको र ८६ जना घाइते भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कालिकोटका अनुसार जिल्लामा भिरालो जमिन दुई वटा ठुल्ठूला नदी भएका कारण कालिकोट बाढी–पहिरोको उच्च जोखिममा परेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.