घुम्ती सुधारपछि सडक सजिलाे

घुम्ती सुधारपछि सडक सजिलाे

तानसेन : पहाडी बाटोका घुम्ती काटिएपछि सडक सजिलो र छोटो बनेका छन् । पाल्पा र गुल्मीका मुख्य सडकमा रहेका ठूला घुम्तीलाई काटोर सीधा बनाइएको हो । सडक विभागले घुम्ती सुधारेपछि सडक दुर्घटना र दूरीसमेत घटेको छ ।

पाल्पा र गुल्मीका मुख्य सडकका साँघुरा घुम्ती कटान गरी सीधा सडक बनाउँदै दुर्घटना न्यूनीकरण अभियान सुरु भएको छ । बढ्दो सवारी चाप र प्राविधिक हिसाबले जटिल अप्ठ्यारा घुम्तीलाई सवारीसाधन आवतजावत स्पष्ट देख्न सक्ने गरी सडक सुधार अभियानले यात्रु र सवारीसाधन चालकलाई राहत मिलेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले आर्थिक वर्ष ०७२/७३ देखि अप्ठ्यारा घुम्ती हटाउन सडक चौडा गरेर स्तरोन्नति गर्ने कार्य थालनी गरेको छ । तानसेन–तम्घास खण्डमा हार्थोक, लघुवा, रिडी, रातामाटा, बलेटक्सारसम्मका जटिल घुम्ती हटाइएको छ । आर्यभञ्ज्याङ–रामपुर सडकमा सिलुवादेखि रामपुरसम्मका घुम्ती, सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा कालमाटी क्षेत्रबाट घुम्ती कटानको काम भएको छ । अत्यधिक दुर्घटना हुने घुम्तीहरूलाई लक्ष्य गरी काम भइरहेका छन् । रणनीतिक सडक पुनःस्थापना तथा मर्मत कार्यक्रम, बृहत् लुम्बिनी चक्रपथ, सडक योजनाअन्तर्गत घुम्ती सुधार योजनाअन्तर्गत निर्माणको काम भएको सडक विभाग पाल्पाले जनाएको छ । तानसेन तम्घास सडकमा साँघुरा घुम्तीका कारण सवारीसाधन नदेखिने तथा मोड काट्न कठिन थियो । अहिले घुम्ती कटान र चौडा भएकाले ट्रक चलाउनसमेत सजिलो भएको १० वर्षदेखि तानसेन–तम्घास सडकमा सवारी चलाउँदै आएका विविन कुँवरले बताए ।

तानसेन–तम्घास सडकमा अत्यन्तै साँघुरा मोड, तथा घुम्तीहरूको कटान सुरु भएपछि कुँवरजस्ता चालकहरूको खुसी बढेको छ । एकतर्फी बाटोमा मोटरसाइकल चलाउन पनि कठिन थियो । ‘मोड तथा घुम्तीहरूका विपरीत दिशाबाट आएका सवारीसाधन देखिदैनथ्यो, मोटरसाइकल मोड्नसमेत कठिन थियो । अहिले गुल्मीको रातामाटा, पाल्पाको अर्गली, लघुवा र हार्थाेकसम्मका घुम्ती सुधार भएकाले यी क्षेत्रमा सवारीसाधन चलाउन सजिलो भएको छ’, गुल्मी तम्घासका विष्णु गौतमले बताए । मोड सुधारले यात्रुदेखि चालकलाई सुरक्षित बनाएकोले तानसेनदेखि तम्घाससम्मका सबै घुम्ती सुधार तथा मोड कटान गर्न रुरु गाउँपालिका–१ रिडिका शेषनारायण मरासिनीले सडक विभागलाई अनुरोध गरेका छन ।

तानसेन तम्घास सडकमा करिब १ सय ५० वटा जोखिम घुम्ती रहेकोमा हालसम्म ५० भन्दा बढी कटान गरी सडक सीधा गरी चौडा पारिएको डिभिजन सडक कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यले बताए ।

सडकमा घुम्ती सुधार कार्यक्रमअन्तर्गत पहिलो वर्ष घुम्ती काट्ने दोस्रो वर्ष कालोपत्रे हुँदै आएको छ । पहिलो वर्षको काम प्रभावकारी भएपछि पछिल्ला वर्षहरूमा समेत घुम्ती सुधार कार्यक्रमले निरन्तरता पाएको छ । एसियाट्रिक–प्रदीप जेभीले ५ करोड, हिमढु एण्ड थोकर–सूर्य चन्द्र जेभीले ३ करोड, एसबीए–सूर्यचन्द्र जेभी निर्माण कम्पनीले ७ करोड रुपैयाँमा घुम्ती सुधार र सडक स्तरोन्नतिको काम गर्दै आएका छन् । पाल्पा र गुल्मीका सडकहरूकोे घुम्ती सुधारले सवारी दुर्घटना न्यूनीकरणसँगै सडक चौडा भएपछि यात्राको समय छोटिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.