कालीगण्डकी तिनाउको डीपीआर प्रक्रिया लम्बियो

कालीगण्डकी तिनाउको डीपीआर प्रक्रिया लम्बियो

बुटवल : रूपन्देही र कपिलवस्तुको लागि बहुप्रतिक्षीत सिँचाइ आयोजना कालिगण्डकी तिनाउ डाइभर्सनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन अझै एक वर्ष लाग्ने भएको छ । २०७१ सालमा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकिएको थियो । पूर्वसम्भाव्यता अध्ययन सकिए पनि २ वर्षअघि मात्र डीपीआरको काम सुरु भएको थियो ।

डीपीआरको प्रतिवेदन तयार भइसक्ने बेला भए पनि यसको काम अझै एक वर्ष लम्बिने भएको हो । बुटवलबाट पूर्वनहर कसरी लैजाने भन्नेबारे निर्णय भइनसक्दा ढिलाइ भएको सिँचाइ विभागले जनाएको छ । तर अब बुटवलपूर्वको लागि नहर नबनाउने निर्णयमा अध्ययन टोली पुगेको छ ।

‘प्राविधिक रूपमा त सम्भव थियो तर सामाजिक कारणले पूर्वतर्फ पानी लैजान नसकिने देखियो’, विभागका सम्भाव्यता अध्ययन शाखा प्रमुख सुरेशकुमार शर्माले भने, ‘आज डिजाइन त गर्न सकिएला, तर बस्तीबाट नहर लैजान भोलि राजनीतिक र सामाजिक समस्या देखापर्छ ।’ कालीगण्डकीको पानी नहर बनाएर पूर्वतिर लैजान ४० देखि ५० मिटर चौडाइको नहर बनाउनुपर्ने हुन्छ । पूर्वतर्फ नहर लैजाँदा कतिपय बस्ती विस्तापित हुनेछ । स्थानीयको विरोध हुने हुँदा ठूलो झमेला हुने गर्छ ।

सुरुमा कालिगण्डकीको सबै पानी बेलबासमा लगेर त्यहाँबाट नहरमार्फत पूर्वबाट पश्चिम लैजाने योजना थियो । तर पूर्वतिर नहर नलैजाने भएपछि केही पानी दोभानबाट तिनाउमा खसालिने छ भने बाँकी बेलबासमा झारिने छ । नहरमार्फत पानी लैजान नसके पनि तिनाउमा खसालिएको पानी १६/३६ सिँचाइ प्रणालीमार्फत केही पूर्वसम्म पुग्ने विभागको भनाइ छ । नारायणी पश्चिमतर्फ बाह्रैमास बग्ने ठूला नदी छैनन् । जसकारण सिँचाइको राम्रो सुविधा छैन । नहर भएका ठाउँमा पनि बर्खायाममा मात्र सिचाइ हुन सक्छ । रूपन्देहीमा ७० प्रतिशत ठाउँमा सिँचाइ सुविधा पुगेको भनिए पनि १३ प्रतिशत ठाउँमा मात्र बाह्रैमास सिचाइ हुने गर्छ । धेरैजसो किसानले आकाशेपानीकै भर पनुपर्ने बाध्यता छ ।

सैनामैना मुर्गीयाका किसान सेरबहादुर केसीले केही खेतमा पम्पसेटबाट तानेर पानी लगाए पनि बाँकी खेतमा आकाशकै पानीको भर पर्नुपर्ने बताए, ‘खोलामा पानी हुँदासम्म पम्पसेटबाट पानी तान्ने हो, थोरै ठाउँलाई त्यसले हुन्छ ।’ उनले भने, ‘बाँकी त आकासबाटै पर्नुपर्छ ।’

कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा डेढ किलोमिटर तलबाट सुरुङ बनाइने छ । पाल्पाको दोभानमा पावर हाउस बनाई कालीगण्डकीको केही पानी तिनाउमा खसालिनेछ । बाँकी पुनः सुरुङमार्फत बेलबास पु¥याइनेछ । बेलबासबाट नहर बनाई पश्चिमतर्फ लगिने छ । त्यसले कपिलवस्तुसम्म सिँचाइ सुविधा पुग्ने आशा राखिएको छ । बेलबासमा पनि पावर हाउस निर्माण हुनेछ ।

राम्दीदेखि दोभान हुँदै बेलबाससम्म सुरुङको लम्बाइ ३० किलोमिटर हुनेछ । सुरुङबाट कालीगण्डकीको ७७ क्युमेक्स पानी ल्याइनेछ । कालीगण्डकीको पानीबाट दोभान र बेलबासमा हुने पावर हाउसमार्फत विद्युत् निकाल्ने योजना छ । सुरुमा १ सय ४ मेघावाटको विद्युत् उत्पादन हुने भनिए पनि पछिल्लो अध्ययनले केही कम हुने देखिएको सिँचाइ विभागका सम्भाव्यता अध्ययन शाखाका प्रमुख शर्माले बताए । ‘पहिले पूरै पानी बेलबास झार्ने योजना थियो । अब केही पानी तिनाउमा खसालेपछि विद्युत् उत्पादन घट्छ ।’ उनले भने ।

यो योजना संघीय र प्रदेश सरकारले नै नीति तथा कार्यक्रममा राखेका छन् । महŒवाकांक्षी र खर्चिलो योजना भएकाले कतिपयले यसलाई असम्भवसमेत ठानेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.