सुबेरका परिवारलाई आर्थिक सहयोग

सुबेरका परिवारलाई आर्थिक सहयोग

मसुरिया (दाङ) : टिपर दुर्घटनामा परी मृत्यु भएका दाङ राप्ती गाउँपालिका–३ नयाँबस्तीका सुबेर चौधरीका परिवारको सहयोगका लागि संकलन भएको रकम हस्तान्तरण गरिएको छ । सुबेरको परिवारका लागि संकलन भएको २३ हजार ३ सय २० रुपैयाँ परिवारलाई प्रदान गरिएको हो ।

अन्नपूर्णकर्मी गोपाल शर्माको समन्वयमा घरमै पुगेर राप्ती गाउँपालिका पदाधिकारीको रोहबरमा रकम हस्तान्तरण गरिएको हो । मृतक सुबेर चौधरीको घरमै पुगेर चौधरीकी श्रीमती देउमन्तीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेल, वडाध्यक्ष चन्दर चौधरी र अन्नपूर्णकर्मी शर्माले संयुक्त हस्तान्तरण गरेका थिए । दुर्घटनापछिको परिवारको पीडादायी कथा समेटिएको समाचार अन्नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्ण पोस्ट् डटकममा प्रकाशित भएपछि समाचार सो सहयोग रकम संकलन भएको थियो । समाचार सामग्री पढेर आफूले सहयोग अभियान सुरु गरी केही रकम सहयोग गरी सहयोग अभियान सञ्चालन गरेको अजितकुमार भट्टराईले जानकारी दिए । उनले साथीहरूको सहयोगमार्फत चौधरी परिवारलाई आर्थिक सहयोग गरिएको बताए ।

काठमाडौंमा रहेका भट्टराईको अगुवाइमा र अस्ट्रेलियामा रहेका कुमार बस्नेतसहितको समन्वयमा अमृत साइन्स कलेजका पूर्वसाथीहरू अस्ट्रेलिया र नेपालमा रहेकाहरूबाट रकम संकलन गरी सहयोग गरिएको भट्टराईले जानकारी दिए ।

उनले जोमसोम लोमाङ्थान बाटो निर्माणका लागि मजदुरी गर्न गएका मृतक सुबेर चौधरीका परिवारलाई सहयोग अभियान नामकरण गरेर संकलन भएको २३ हजार ३ सय २० रुपैयाँ चौधरी परिवारलाई हस्तान्तरण गर्ने गरी गएको बिहीबार अन्नपूर्ण पोस्टको कर्पाेरेट कार्यालय तीनकुनेमा अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक नारायण अमृतलाई रकम हस्तान्तरण गरेका थिए । भट्टराईले चौधरीको परिवारको पीडामा साथ दिन सानो रकम सहयोग गरिएको बताए । उनले सहयोग रकमले केही भए पनि परिवारमा सहज हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.