दाङमा सुविधासम्पन्न रंगशाला निर्माण सुरु

दाङमा सुविधासम्पन्न रंगशाला निर्माण सुरु

तुलसीपुर :  दाङको तुलसीपुरमा सुविधासम्पन्न रंगशालाको निर्माण थालिएको छ । आगामी मंसिरमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुन्डीमा रंगशाला निर्माण थालिएकोे हो । रंगशाला निर्माणका लागि २४ करोड २४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । १५ बिघा जग्गामा थालिएको रंगशालाको निर्माणको जिम्मा दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभी काठमाडौंले पाएको छ ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले असार ७ गते भएको सम्झौताअनुसार आठ महिनाभित्रै रंगशाला निर्माण गरिसक्ने गरी काम सुरु भएको बताए । आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी निर्माण गर्न थालिएको रंगशालामा एथलेटिक्सका लागि सेन्थेटिक एथलेटिक्स ट्र्याक, फुटबल मैदान, पानी निकासका लागि नाली, भीआईपी प्यारापिट, खेलाडीको चेन्जिङ रुम, बैठक रुम, मिडिया बक्स र साधारण प्यारापिट निर्माण गरिनेछ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बुधबार रंगशालाको शिलान्यास गरे । महराले तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै पहिलो स्पोर्टस् सिटीका रूपमा विकास गरिने बताए । स्पोर्टस् सिटीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लिएको परिकल्पना रंगशालाले साकार पार्ने धारणा पनि उनले व्यक्त गरे । उनले नेपाललाई खेलकुदको हब बनाउने सम्भावनाको खोजी गरिनुपर्ने बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकुद सबैको गौरव, स्वास्थ्य र समृद्धिको प्रतीक भएको धारणा व्यक्त गरे । खेललाई पर्यटनको रूपमा विकास गरेर नेपालमा समृद्धि भिœयाउन आवश्यक रहेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बेलझुन्डीमा निर्माणाधीन रंगशाला सिमेन्ट र रडहरूबाट नभई अत्याधुनिक प्रविधिबाट नट बोल्ट जोडेर निर्माण गरिने बताए । उनले चार महिनाभित्रै रंगशालाको निर्माण सम्पन्न हुने विश्वास पनि व्यक्त गरे । तुलसीपुर, पोखरा र इटहरीलाई स्पोर्टस् सिटीका रूपमा विकास गर्ने लक्ष्य राखेपले लिएको जानकारी पनि उनले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.