१६ वर्षपछि छोरा भेटिँदाको खुसी

१६ वर्षपछि छोरा भेटिँदाको खुसी

बेनी : ६ वर्षको उमेरमा हराएका म्याग्दी बेनी नगरपालिका–३ भकिम्लीका विक्रम पुन १६ वर्षपछि भेटिएका छन् । काठमाडौंको सामाखुसीबाट ०५९ जेठ ७ गते हराएका विक्रम तिलोत्तमा नगरपालिका–१५ कटिहवा रूपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आ श्रमबाट परिवारको सम्पर्कमा आएका हुन् । विक्रमका बुवा डिल्लीराम रोजगारको सिलसिलामा बहराइन रहँदा दुर्घटनामा घाइते भएपछि घर फर्केर छोराछोरीको पालनपोषणका लागि काठमाडौंमा होटल व्यवसाय गर्दै आएका थिए ।

सोही क्रममा केही समयपछि विक्रम बेपत्ता भएका थिए । परिवारले चौतर्फी खोजी गरे, तैपनि उनको अवस्था अज्ञात रहेको थियो । अपरिचित व्यक्तिले भारतको उत्तर प्रदेश पु¥याएका विक्रमले एक होटलमा काम गर्न लगाएको र होटलका मालिकलाई आमा भन्न लगाएको बयान दिएका छन् । कुनै किसिमको सञ्चार सुविधा उपयोग गर्न नदिएका विक्रमलाई त्यहाँ क्रियाशील नेपाली एकता समाज, बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था र नेपाल प्रहरीको सहयोगमा मंगलबार उद्धार गरी नेपाल ल्याइएको हो ।

अविनाश अनाथ आ श्रममै कार्यरत भकिम्लीकी पवित्रा रसाइलीसँग विक्रमको भेट भएपछि परिवारको सम्पर्कमा आए । जिउँदै भेटिने आस न्यून रहेको छोरा पत्ता लागेपछि परिवारमा खुसीको सीमा छैन । ‘त्यतिबेलादेखि हामीले प्रहरीदेखि भारतमै पुगेर पनि बुझ्ने प्रयास ग¥यौं, अहिलेजस्तो सञ्चार र सञ्चारमाध्यम थिएन’, विक्रमका बुवा डिल्लीरामले भने, ‘पछिल्ला वर्षहरूमा हामी थकित भएका थियौं र आस मारिसकेका थियौं ।’ १६ वर्षपछि परिवारसँग मिलन हुँदा विक्रम पनि प्रफुल्ल छन् ।

‘भारत हुँदैे छोराको उद्धार भएको जानकारी पाएपछि हामी आ श्रममा पुग्यौं, छोराको सानो छँदाको तस्बिर र उनको शारीरिक हुलिया मिलेपछि हामीले छोराको पहिचान गरी ल्याएका छौं’, डिल्लीरामले भने । भारतको उत्तर प्रदेशमा रहेका नेपाली संघसंस्था र प्रहरीको सहयोगमा विक्रमसँगै ४ नेपालीलाई अभिभावकको खोजी कार्य नहुदाँसम्म आ श्रमको जिम्मा लगाइएको थियो । आ श्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले विक्रमको ठेगाना जानकारी पाएलगत्तै परिवारको खोजी गरिएको बताए ।

रूपन्देही प्रहरीले समेत अभिभावकको हुलिया, पुराना निवेदनलगायत कागजातलाई पुष्टि गरेपछि बुधबार परिवारको जिम्मा लगाइएको उनको भनाइ छ । ‘पवित्रा पनि यही काम गर्ने र एउटै गाउँको भएकाले परिवारको खोजी कार्यमा सजिलो भयो’, उनले भने । छोरा भेटिएपछि परिवारमा खुसीयाली छाएको छ । ‘छोराका खोजीमा बिताएका सबै दुःख बिर्सिएको छु, छोरालाई भगवान्ले जोगाएर घर फर्काइदिनुभयो’, विक्रमकी आमा रञ्जिताले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.