शाैचालय रंग्याउनै १० लाख खर्च

शाैचालय रंग्याउनै १० लाख खर्च

तौलिहवाः कपिलवस्तुको तिलौराकोटको शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता भएको छ । पुराताŒिवक स्थल तिलौराकोटमा बनेको सार्वजनिक शौचालय मर्मत तथा रंगरोगनका लागि १० लाख विनियोजन गरिएको थियो । वडा ३ मातहतको काममा झण्डै आठ लाख अनियमितता भएको स्थानीयले दाबी गरेका छन् ।

शौचालय मर्मत तथा रंगरोगनका लागि कपिलवस्तु नगरपालिकाले योजनासमेत बनाएको छैन । योजनाबिनै बनेको शौचालयमा प्रयोग भएका पाइप तथा धारा खरिदमा अनियमिता भएको हो । तिलौराकोटका पथप्रर्दशकसमेत रहेका स्थानीय राजकुमार यादवले सार्वजनिक शौचालयमा ८ लाखभन्दा बढी रकम अनियमितता भएको आंशका गरे । स्थानीयले स्टिमेट मागेपछि वडाध्यक्ष प्रकाश गैरेले स्टिमेटको सट्टा २० हजार रकम लिएर चुप बस्न आग्रह गरेपछि अनियमितताको रहस्य बाहिर आएको बताइएको छ ।

‘शौचालय निर्माणमा अनियमितता भएपछि पटकपटक यसको लागत स्टिमेट माग्दै आएको छु, अहिले दुई महिना बित्यो, वडाध्यक्षले दिनै चाहँदैनन्’, उनले भने । अनियमितताबारे जिल्ला प्रशासन, नगरपालिकामा जानकारी दिएको भए पनि सुनुवाइ नभएको उनी बताउँछन् । यसबारे आवाज उठाउँदा वडाध्यक्ष गैरेले २० हजार रुपैयाँ दिन्छु भन्दै आवाज नउठाउन आग्रह गरेको उनले दाबी गरे । ‘शौचालयबारे आवाज उठाइरहँदा वडाध्यक्ष गैरेले २० हजारको प्रस्ताव पनि राखेका हुन्’, उनले भने, ‘त्यो मैले मानिनँ ।’

संसारका बौद्धमार्गीहरूको आस्थाको केन्द्र तिलौराकोट लामो समयदेखि शौचालयविहीनझैं छ । शौचालय नहुँदा पर्यटकलाई शौच गर्न समस्या हुँदै आएको छ । साथै जथाभावी शौच गर्दा पर्यटकीय क्षेत्र नै दुर्गन्धित हुँदै आएको छ । लुम्बिनी विकास कोषले यसअघि नैै तिलौराकोटमा सार्वजनिक शौचालयको भवन निर्माण गरेको भए पनि बजेट अभावका कारण पूरा नहुँदा प्रयोगविहीन थियो ।

विकास कोषले रकम विनियोजन गर्न नसकेपछि कपिलवस्तु नगरपालिकासँग माग गरिएको थियो । सोहीबमोजिम १० लाख विनियोजन भएको विकास कोषका तिलौराकोट प्रमुख माधव आचार्यले बताए ।

तर माग बजेटअनुसार रकम आए पनि काम राम्रो नभएको कोषका कर्मचारीको गुनासो छ । वडाले पुरानै शौचालयलाई मर्मतसम्भारबाहेक केही गरेको छैन । पुरानोलाई नयाँ बनाउन महिला, पुरुष युरिनल तीन÷तीन वटा, दुई वटा कम्बड मात्र राखिएको छ । साथै पुराना नललाई केही मर्मत गरिएको छ भने फुसको सेफ्ट्यिांकी बनाइएको छ । यी सामग्री पनि प्रयोगयोग्य नभएको कोषका कर्मचारी बताउँछन् । पानी पर्याप्त नआउँदा शौचालयमा दुर्गन्ध फैलिएको छ । शौचालयमा केही अत्याधुनिक प्रविधि प्रयोग गरिएको भए पनि पर्याप्त पानी नहुँदा शौच थुप्रिएको छ । पानी आउने पाइपसमेत निकै गुणस्तरहीन र आवश्यक स्थानमा फिट गरिएको छैन ।

यही काममा वडाले १० लाख खर्च गरेको हो । वडाले २ लाखभन्दा कम रकम खर्च गरेर अनियमितता गरेको एक स्थानीयले नाम नबताउने सर्तमा भने । ‘पहिला नै निर्माण भएको संरचनालाई रंगरोगन गरेर कसरी १० लाख खर्च भयो’, उनले प्रश्न गरे । शौचालय निर्माणका लागि तौलिहवाका व्यापारी अर्जुन चापागाईंलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ ।

उपभोक्ता समितिको गठन गर्दा सम्बिन्धत गाउँ वा टोलको हुनुपर्ने भए पनि वडाध्यक्ष गैरेले तौलिहवाका व्यापारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका हुन् । आफ्नो मान्छेलाई अध्यक्ष बनाएर नगरपालिका जनप्रतिनिधिले अनियमितता गरेको स्थानीयको आरोप छ । वडाध्यक्ष गैरेले भने शौचालय निर्माणमा १० लाख बजेट आफूले छुट्याएको भए पनि निर्माणका लागि उपभोक्तालाई जिम्मेवारी दिएको बताए । यस विषयमा आफू जानकार नभएको भन्दै इन्जिनियरलाई सोध्न आग्रह गरे । ‘म यस विषयमा बोल्न चाहन्नँ, केके सोध्नुपर्ने हो इन्जिनियरलाई सोध्नू’, उनले भने, ‘त्यो अधिकार इन्जिनियरको हो ।’ शौचालय मर्मतका लागि करिब ४ लाख खर्च भएको उनले स्विकारे । अरू बचेको रकम अन्य योजनामा खर्च भएको बताउने वडाध्यक्ष गैरेले कुन योजना भन्ने खुलाउन सकेनन् । उनको यो भनाइले नै ६ लाख रुपैयाँ अनियमितता भएको देखिन्छ ।

०००

तिलौराकोटस्थित १० लाख बजेटमा रंग्याइएकोे शौचालय । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.