कांग्रेसले गर्यो सरकार र डा. केसीबीचको सहमतिको स्वागत

कांग्रेसले गर्यो सरकार र डा. केसीबीचको सहमतिको स्वागत

काठमाडौ. प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा  शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दारपूर्वक कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । 

उनले  कांग्रेस नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने लगायतकै विषय समेटेर सहमति हुनु स्वागतयोग्य  भएको बताए । 

चिकित्सा शिक्षाका लागि सत्याग्रहका माध्यमबाट निरन्तर दबाब दिँदै  आएका डा.केसीको पछिल्लो अनशनलाई अन्तिम अनशन बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै गम्भीर र जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ । 

सहमतिको इमान्दार कार्यान्वयन हुने विश्वासका आधारमा संसद्मा हालै प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेकप्रतिको विरोधको सूचना पार्टीले  शुक्रबार नै संसद्बाट फिर्ता लिएको सो अवसरमा उनले जानकारी दिए । 

कांग्रेसले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार र अग्रगतिका लागि कांग्रेस निरन्तर अगाडि बढ्ने जनाउँदै आगामी १५ गते सबै जिल्ला सदरमुकाममा एकदिने विरोध प्रदर्शन कायम राख्ने जनाएको छ ।

संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा, चर्को मुल्यवृद्धि, उपकूलप्रति अपमानजनक व्यवहार लगायतका मुद्दामा कांग्रेसले विरोध कार्यक्रम गर्न लागेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.