अपरिचतको विषले एकको मृत्यु, दुई गम्भीर

अपरिचतको विषले एकको मृत्यु, दुई गम्भीर

डोल्पा : जगदुल्ला गाउँपालिकाको काइगाउँमा अपरिचत व्यक्तिले विष खुवाउँदा एक जनाको मृत्यु भएको छ भने दुईजनाको अवस्था गम्भीर छ।

भोटेचियामा विष मिसाएर खुवाउँदा काइगाउँका २६ वर्षीय दर्शन बुढाथोकीको मृत्यु भएको छ भने सोही गाउँका झलक घर्ती र चन्द्रकुमारी बुढाथोकीको अवस्था गम्भीर छ। जाजरकोट घर बताउने अपरिचित व्यक्तिले सिम्लाख्ना भन्ने ठाउँमा रहेको चन्द्रकुमारीको होटलमा भोटेचियामा विष मिसाएर खुवाएका थिए। 

होटेलबाट चिया खाएर शुक्रबार बेलुकी ५ बजेतिर घर जाँदै गर्दा बाटैमा बेहोस भएका बुढाथोकीको राति २ बजे उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। मृत बुढाथोकीको शव र बेहोस अवस्थामा रहेका अन्य दुईजनालाई हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा उपचारका लागि शनिबार बिहान पु¥याइएको छ। उनीहरुको उपचार भइरहेको छ।

भेरी अस्पतालमा राखिएको शवको पोष्टमार्टम आइतबार हुनेछ। जाजरकोट घर बताउने ती व्यक्ति केही महिनादेखि काइगाउँमै काम गर्दै बस्ने गरेको स्थानीय बासिन्दाले बताए। सदरमुकाम दुनैबाट शुक्रबार बिहान काइगाउँ गएका दर्शन बुढाथोकीलाई विष किन खुवाइयो भन्ने कसैलाई थाहा नभएको र सोबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

नसोचेको घटनापछि जगदुल्ला गाउँपालिकाका बासिन्दाले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। विष खुवाएर हत्या गरिएको यस्तो घटना डोल्पामा पहिलो हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.